काठमाडौं, १६ साउन–कोरोना भाइरसको संक्रमणका कारण लकडाउन हुँदा विभिन्न मुलुकमा रोकिएका नेपालीको उद्धार कार्य आजदेखि फेरि सुचारु भएको छ। चौथो चरणको उद्धार कार्यको पहिलो दिन आज विभिन्न देशबाट ११ सय भन्दा धेरै नेपाली स्वदेश आउने नेपाल नागरिक उड्ययन प्राधिकरणले जनाएको छ।

प्राधिकरणका अनुसार आज मलेशिया, अष्ट्रेलिया, कुवेत, युएई र चिनबाट नेपालीहरु स्वदेश फर्किदैछन्। बिहान मलेशियाबाट मालिन्दो एयरको उडान मार्फत १६१ जना नेपाली स्वदेश आएका छन्। दिउँसो अष्ट्रेलियाबाट मालिन्दो एयरको उडानमार्फत १६४ जना फर्किन लागेका छन्। प्राधिकरणका अनुसार कुवेतबाट दुइ वटा हिमालय र एउटा जजिरा एयरको उडानमार्फत ४ सय ५८ जना नेपाली आउन लागेका छन्।

यस्तै युएईबाट फ्लाई दुबईको दुई वटा उडानमार्फत समान १८९ जना स्वदेश फर्किन लागेका छन् भने चीनबाट हिमालय एयरको उडानमार्फत १०० जना नेपाली आउन लागेका प्राधिकरणले जनाएको छ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *