दमक, २१ कार्तिक–दमकमा व्यवसायसंगै सामाजिक र राजनीतिक क्षेत्रका एउटा सक्रिय नेतृत्व हुन्ः रमा लिम्बू । रमाले यसअघि, दमक उद्योग बाणिज्य संघ, रोटरी क्लब, लायन्स क्लब, निम्स नेशनल अस्पताल, लायन्स क्लब र नेपाली कांग्रेस पार्टी दमकको विभिन्न जिम्मेवारी सम्हाल्दैआएकी छन् ।
उनै रमाले आसन्न हुन लागिरहेको नेपाली कांग्रेस महासमिति सदस्यका लागि उम्मेदवारी दिएकी पनि छन् । उनी यसअघि, महाधिवेशन प्रतिनिधि हुन् ।
पार्टीमा आदिवासी मात्र नभएर महिलाको भूमिकालाई जोड दिदैआएकी उनी यसपटक महासमितिका लागि आफूलाई उम्मेदवारका रुपमा प्रस्तुत गरेकी छन् ।
यस क्षेत्रबाट अव भने महासमिति सदस्यका लागि उम्मेदवार बन्ने आकांक्षी उनले महासमिति सदस्यको जिम्मेवारी बहन गरेर पार्टीमा योगदान पुरयाँउने इच्छा रहेको सुनाईन् । उनले भने, ‘यस क्षेत्रबाट अव महासमिति सदस्यका लागि आदिवासीतर्फ महिला कोटाबाट उम्मेदवार वनेकी छु, क्षेत्रबासी सवै प्रतिनिधिहरुबाट सहयोग प्राप्त हुनेमा विश्वस्त छु ’ सो कोटामा उनीसहित गौरीगञ्ज गाउँपालिकाकी अध्यक्ष फूलवती राजवंशी आकांक्षी देखिएकी छन् ।
राजनीतिकसंगै उनले दमक उद्योग वाणिज्य संघमा दुई कार्यकाल, रोटरी ,लायन्स लगायतका सामाजिक संघसंस्थामा कुसल भूमिका निर्वाह गरिसकेकी छिन् भने निम्स नेशनल अस्पतालका सञ्चालक समेत भएर समाजप्रति योगदान पुरयाँउदैं आएकी छन् ।
युवा नेतृ लिम्बू पार्टीमा थप जिम्मेवारी सम्हाल्न मात्र नभएर पार्टी र देश प्रति केहि इमान्दारीपूर्वक योगदान पुरयाउँनका लागि आफूले महासमिति सदस्यको उम्मेदवार भएको विचार राख्छिन् ।
महासमितिको निर्वाचन जिल्लाभरि यहि कार्तिक २३ गते तय गरिएको छ । यस क्षेत्रमा पार्टीलाई थप मजवुत बनाउदै दर्विलो पार्टी बनाउन मेरो भूमिका रहने उनले स्पष्ट पारिन् । उनले पार्टीप्रतिको लगानी,निष्ठालाई मूल्याङ्गकन गरेर महासमिति सदस्यहरु चुन्ने विश्वास व्यक्त गरिन् ।
क्षेत्र न ५ मा २५ जना महाधिबेशन प्रतिनिधिहरु छन् । तीनै महाधिबेशन प्रतिनिधिहरु मध्ये ११ जना भने क्षेत्रीय प्रतिनिधिहरुमार्फत महासमिति चुनिने प्रावधान छ । यस क्षेत्रमा ७ सय बढी क्षेत्रीय प्रतिनिधिहरु छन् ।

