एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल

काठमाडौं, २१ कार्तिक–नेकपा (एकीकृत समाजवादी) ले भूकम्प प्रभावित नागरिकको सहयोगार्थ कोषमा २५ लाख रुपैयाँ उपलब्ध गराएको छ ।

एकीकृत समाजवादीले जाजरकोट र रुकुम पश्चिममा भूकम्पबाट प्रभावितहरूको उद्धार एवम् राहतका लागि एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललगायत नेताहरुद्वारा रकम संकलन गरी २५ लाख रुपैयाँ दैवी प्रकोप उद्धार कोषमा जम्मा गराएको हो ।

पूर्व प्रधानमन्त्री समेत रहनुभएका एकीकृत समाजवादीका अध्यक्ष नेपालले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई २५ लाख रुपैयाँको चेक हस्तान्तरण गरेको प्रधानमन्त्री सचिवालयले जनाएको छ ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *