दमक, २७ कार्तिक–झापाको शिवसताक्षी–७ फाक्तेपस्थित बालसेवा आधारभुत बिध्यालयका पुर्व बिध्यर्थीहरुले विद्यालयको शैक्षिक विकासका निम्ति रचनात्मक तथा सृजनात्मक कार्यक्रमहरु सञ्चालन गर्ने जोड दिएका छन् । बडा दशैं, तिहार र छठसहित विभिन्न चार्डपर्वहरुको शुभकामना आदानप्रदानका साथ विद्यालकको शैक्षिक विकासमा सहयोग पुर्याउने उदेश्यले आइतबार पूर्व विद्यार्थीहरुले कार्यक्रमको आयोजना गरिएको हो ।
कार्यक्रममा पुर्व बिध्यार्थीहरुबीच अन्तरक्रिया समेत गरिएको थियो । देश तथा विदेशका विभिन्न ठाउमा रहेर ब्यापार ब्यबसाय, रोजगारी, सरकारी सेवा, सरकारी जागिर गर्दै आएका र अध्ययन तथा श्रम रोजगार गरि चाड पर्वको अवसरमा घर फर्किने भएकले पनि पुर्व विद्यार्थी मिलान तथा शुभकामना आदन-प्रदान कार्यक्रमको आयोजना गरिएको हो ।
बालसेवा पुर्व बिध्यार्थी मन्चका अध्यक्ष तथा लालझोडास्थित भानु माध्यमिक विद्यालयका शिक्षक फणीन्द्रराज चेम्जोङका अनुसार बिध्यालयले आफू लगायत द्शौ हजारलाई कखरा शिकाउदै अक्षर चिनाउने काम गरेकोले यो बिध्यालयको शैक्षिक गुणस्तरीयताको विभिन्न पाटोमा सहकार्य गर्नको लागि नै बालसेवा पुर्व बिध्यार्थी मन्च गठन गरिएको बतए ।
बालसेवा आधारभूत विद्यालयमा अध्ययन पुरा गरेका पुर्व बिध्यर्थीहरु एक हौ, बिद्यालयको शैक्षिक गुणस्तर वृद्धि गर्न सहयोग गरौ, भन्ने नाराका साथ कार्यक्रम आयोजना गरिएको विद्यालयका पूर्व विद्यार्थी तथा हाल विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गोविन ल्वागुनले जानकारी दिए ।
२०३० सालमा बालसेवा आधारभूत विद्यालय स्थापना भएको हो । बिद्यलयले विभिन्न आरोह अबरोह पार गर्दै हाल नगरको एक अब्बल बिध्यालयको रुपमा स्थापित गर्न सफल भएको छ । बिध्यलयले यहि बर्ष स्वर्ण महोत्सव समेत मनाउन लगेको छ ।
विद्यालय व्यवस्थापन समितिका संस्थापक अध्यक्ष जीतेन्द्रराज चेम्जोङले बिध्यलय स्थापना गर्दाको चुनौती, स्वीकृत गर्दाको अवस्था लगायत विभिन्न विषम परिस्थितिलाई चुनौती र समना गर्नु परेका स्मरण गराउनुभएको थियो ।
त्यस्तै, बिध्यालयका प्रधानध्यपक बेनुप्रसाद कार्कीले बिध्यलयको आर्थिक ,प्रशासनिक भौतिक सुधार लगायत पुर्व बिध्यार्थिहरुले खेल्नु पर्ने भुमिका र दायित्वका बारेमा बोल्नुभएको थियो ।
कक्षा नर्सरीदेखि कक्षा ८ सम्मनै अङ्ग्रेजी माध्यमद्वारा अध्यापन भइरहेको यस बिध्यालयको प्रधानध्यापक बेनु प्रसाद कार्की र बिध्यालय ब्यबस्थापन समितिका अध्यक्ष गोबिन ल्वागुन पनि यहि बिध्यलयका पुर्व बिध्यार्थी हुन ।
दुई सय भन्दा बढी पुर्व बिध्यार्थीहरुको सहभगिता रहेको कार्यक्रममा स्थानीय बिकास चोक सास्कृतिक समुहका कलाकारहरुले स्वागत नृत्य प्रस्तुत गरेका थिए । कर्यक्रमको स्वागत मन्तब्य मन्चका सदस्य याम बहदुर राई (सन्जु) ले गरेको कार्यक्रमको सन्चालन सचिब जसकुमार तामाङ्गले गरेका थिए ।

पूर्व विद्यार्थीहरुलाई विद्यालयको शैक्षिक विकासमा लाग्न र जुटन अझ धेरै एकता, जोस र उत्साह मिलोस शुभकामना छ ।