काठमाडौँ, ३ कार्तिक–नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्व-प्रधानमन्त्री माधव कुमार नेपालले छठ पर्व-२०८० को अवसरमा शुभकामना सन्देश जारी गर्नु भएको छ।
आइतबार एक विज्ञप्ति जारी गर्दै अध्यक्ष नेपालले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण दिदीबहिनी तथा दाजुुभाईमा सुुख, शान्ति, समृद्धि, आपसी एकता र प्रगतीको कामना गर्नु भएको हो।
छठ पर्व धार्मीक मान्यताले मात्रै नभएर वैज्ञानिक दृष्टिकोणबाट पनि महत्वपूर्ण पर्व भएको बताउँदै अध्यक्ष नेपालले छठ पर्वले समाजमा रहेका विकृतिको अन्त्य गर्दै समतामुलक समाज निर्माणमा भूमिका खेल्ने विश्वास गर्नु भएको छ।

