दमक, ३ कार्तिक–जनकपुरबाट शैक्षिक भ्रमणमा गएको बस इलाममा दुर्घटना हुँदा ३६ जना घाइते भएका छन्। इलामको रोङ गाउँपालिका-३, कोलबुङस्थित मेची राजमार्गमा बस दुर्घटना भएको हो।
जनकपुरबाट शैक्षिक भ्रमण गरी फर्किने क्रममा कन्यामबाट झापातर्फ जाँदै गरेको ना ६ ख ८४२४ नम्बरको बस सडकबाट करिब तीन सय मिटर तल खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ।
बसमा सवार ३७ जनामध्ये ३६ जना घाइते भएका छन् भने केहीको अवस्था गम्भीर रहेको छ।
दुर्घटनापछि जिल्ला प्रहरी कार्यालय इलाम र इलाका प्रहरी कार्यालय पशुपतिनगरको प्रहरी टोली तत्काल घटनास्थलमा पुगी ३६ जना घाइतेलाई उद्धार गरी उपचारका लागि झापा पठाएको छ।
घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको तथा अन्दाजी १०र१२ वर्षका बालक रूखमा अड्किएको अवस्थामा रहेकोमा उनलाई समेत प्रहरीले उद्धार गरिरहेको जनाइएको छ।
