काठमाडौँ, ६ मंसिर–नेकपा (एकीकृत समाजवादी) निकट अनेरास्ववियूलगायत पाँच विद्यार्थी संगठनले हमासको बन्धकमा रहेका भनिएका कैलालीका विपिन जोशीको हालको अवस्था सार्वजनिक गर्न सरकारसँग माग गरेको छ।

बुधबार अनेरास्ववियूको केन्द्रीय कार्यालय अनामनगरमा संगठनकी अध्यक्ष आरती लामाको अध्यक्षतामा बसेको वैठकले उक्त माग गरेको हो।

अनेरास्ववियूसँगै नेविसंघका सभापति दुजाङ सेर्पा, अखिल ९क्रान्तिकारी० कि अध्यक्ष पञ्चा सिंह र प्रकाश सी, समाजवादी विद्यार्थी संगठनका अध्यक्ष रमेश यादव र अखिल छैठौं देवेन्द्र कुँवरसहित नेताहरुको बैठले जोशीको सकुशल उद्धारका निम्ति कुटनीतिक तवरले वार्ता सम्वाद गर्न अनुरोध गरेको छ।

त्यस्तै संयुक्त विद्यार्थी संगठनहरुको वैठकले यो वा त्यो बाहानामा समाजलाई भाड्ने, सद्भाव बिथोल्ने जस्ता काम भइरहेको भन्दै प्रतिगामी हर्कतहरु आफूलाई स्वीकार्य नहुने चेतावनी दिएको छ।

वैठकले जाजरकोटमा गएको भूकम्पमा परेर घाइते शिक्षक, विद्यार्थीको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै स्थगित भएको पठन(पाठनलाई यथाशीघ्र सञ्चालन गर्ने वातावरण मिलाउन सरकारसँग माग गरेको छ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *