दमक, ७ मंसिर–झापा, मोरङ र इलामको विभिन्न क्षेत्रमा ४१ वटा सेवा केन्द्रहरु मार्फत सदस्यहरुलाई सेवा दिइरहेको कर्णाली बचत तथा ऋण सहकारी संस्थाले इकाईगत २३औं वार्षिक साधारणसभा सम्पन्न गर्दै आइरहेको छ ।
विर्तामोडस्थित भद्रपुर रोडमा केन्द्रीय कार्यालय रहेको कर्णाली साकोसले आज (विहिबार) कमल र दमक सेवा केन्द्रको संयुक्त इकाईगत २३औं वार्षिक साधारणसभा दमकमा सम्पन्न गरेको छ ।
कर्णाली बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष टसबहादुर प्रधानको अध्यक्षतामा र दमक नगरपालिकाकी उपप्रमुख रेगिना भट्टराईको प्रमुख आतिथ्यतामा बार्षिक साधारणसभा सम्पन्न भएको थियो ।
वार्षिक साधारणसभाको उद्घाटन समारोहको अवसरमा सहकारी संस्थामा कारोवार गर्ने एक दर्जन बढी उत्कृष्ठ सदस्यहरुलाई पुरस्कृत गरिएको थियो । त्यस्तैं, उद्घाटन समारोहमा सञ्चालक समितिबाट प्रस्तुत बार्षिक प्रतिवेदन तथा लेखा सुपरिवेक्षण समितिबाट प्रस्तुत गरिएको लेखा प्रतिवेदन समेत सुझावसहित पारित गरिएको थियो ।
उद्घाटन समारोहमा संस्थाका कोषाध्यक्ष एकराज विष्टले स्वागत मन्तव्य राखेका थिए ।
झापामा ३२ वटा, इलाममा २ र मोरङमा ७ वटा स्थानमा सेवा केन्द्र सञ्चालनमा छन् । संस्थाले तीन जिल्लाका ४६ वटा सेवा केन्द्रको स्वीकृति पाएपनि हाल ४१ वटा सेवा केन्द्र सञ्चालनमा रहेको सहकारी संस्थाका सचिव भूपाल बस्नेतले जानकारी दिए ।
संस्थामा ५० हजार ७ सय १६ जना सदस्य आवद्ध छन् । संस्थाको शेयर पूंजी ४८ करोड ८० लाख २१ हजार ७ सय पुगेको छ ।
७ वटा इकाई निर्धारण गरि संस्थाले आगामी पुष ४ गते सम्पन्न गरिने जनाईएको छ । संस्थाको सञ्चालक तथा लेखा सुपरीवेक्षण समितिको चुनावी साधारणसभा भएका र त्यस अनुसार यहि मंसिर १७ देखि २१ गतेसम्म निर्वाचन कार्यक्रम समेत सार्वजनिक गरिएको उल्लेख छ ।
