काठमाडौँ, ७ मंसिर–नेकपा (एकीकृत समाजवादी) निकट युवा संघ नेपालले जाजरकोटमा भूकम्पले भत्काएका पाँच सय घर निर्माण गर्ने भएको छ।

संगठनका नेता नरेश लेखकका अनुसार भूकम्पपीडितलाई अस्थायी आवास निर्माणका निम्ति बिहिबार युवा संघको टिम जाजरकोटतर्फ प्रस्थान गरेको छ।

नेता लेखेकले लेखेका छन्, ‘५ सय अस्थायी घर बनाउने अभियान अन्तर्गत एक सय जना युवा (युवा श्रमदानको लागि) आज विभिन्न ठाउँबाट जाजरकोट प्रस्थान गर्नु भएको छ।’

यसअघि पनि युवा संघका नेताहरुले भूकम्पपीडितलाई जाजरकोट पुगेर खाद्यान्न तथा न्यानो कपडा प्रदान गरेर काठमाडौँ फर्केको थियो।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *