दमक, ८ मंसिर–सगरमाथा तेकवान्दो दोजाङ बेलायत (येके) का नवनियुक्त अध्यक्ष रन्दिप राईले आफ्ना दाजु ग्राण्डमास्टर राष्ट्रकुमार राईले स्थापना गर्नुभएको संस्थालाई बचाएर लैजान हामी सवैको दायीत्व भएको बताउनुभएको छ । बेलायत (युके) बाट नेपाल आउनुभएको अवसरमा आफ्नो गृह जिल्ला झापाको दमकमा शुक्रबार नेपाल सगरमाथा तेकवान्दो दोजाङ सञ्चालक टिमसंगको भेटघाटमा अध्यक्ष राईले यस्तो बताउनुभएको हो ।
अध्यक्ष राईले दाजु राष्ट्रकुमारको निधनपछि सगरमाथा तेकवान्दो दोजाङ सञ्चालन गर्न आफ्नो काँधमा जिम्मेवारी आएको र त्यसलाई पुरा गर्न आफ्नो क्षमताले भ्याएसम्म लागिपरिरहने बताउनुभएको छ । आफ्नो दाजुले जस्तै संस्था सञ्चालन गर्न मेरो अनुभव छैन, राईले भने–’म बेलायमा अहिलेपनि सैनिक जीवन बिताइरहेको छु । म आउदो वर्षसम्म रिटायर्ड हुन्छु, त्यसपछि संस्थागत ढंङ्गले र खेलको विकासमा म लाग्नेछु ।’
वहाँले संस्थामा अध्यक्षको जिम्मेवारी पाएको छोटो समयबीचका अनुभवहरु समेत बाड्नुभएको थियो । वहाँले रिङभित्र फाइट गर्न सजिलो भएको बताउनुभयो । संस्थाको नेतृत्व गरेको छोटो समयमा वहाँले संस्थालाई अभिभाकत्व प्रदान गर्न निकै कठिनाई हुने बताउनुभयो । वहाँका अनुसार म खेलाडी हुँ, संस्था सञ्चालन गर्न भन्दा मलाई रिङभित्र फाइट गर्न सजिलो लाग्छ ।
बेलायतमा सैनिक जीवनसंगै विभिन्न व्यवसायिक क्षेत्रमा रहेर काम गरिरहेका राईले छिट्टै रिटायर्ड हुने र यहाँहरुको साथ र सल्लाहबाटै म संस्थाको निम्ति काम गर्ने बताउनुभयो ।
नवनियुत्त अध्यक्ष राईका अनुसार दाजु राष्ट्रकुमार बेलायतमा सैनिक जीवनबाट रिटायर्डपछि पछिल्लो समय खेल क्षेत्रमा समर्पित हुनुहुन्थ्यो । वहाँले बेलायतमा मात्रै नभएर अन्तराष्ट्रिय जगतमै छुट्टै परिचय र पहिचान बनाउन सफल हुनुभएको दाजु राष्ट्रकुमार राईका अधुरा योजना र सपनालाई पुरा गर्न लाग्न आग्रह गर्नुभयो ।
पारिवारिक भेटघाटका लागि दमकमा आइपुग्नुभएका राईलाई दमकस्थित सर्वोदय अंग्रेजी माध्यमिक विद्यालयमा नेपाल सगरमाथा तेकवान्दो दोजाङका अध्यक्ष जीतु धिमाल, सर्वोदय अंग्रेजी माध्यमिक विद्यालयका प्रिन्सिपल समेत रहनुभएका उपाध्यक्ष नबीन योगी र सल्लाहकार अनिलदेब राईले खदा र टोपी लगाएर स्वागत तथा सम्मान गरेका थिए । सो क्रममा संस्थाले सञ्चालन गरेका गतिविधीहरु र आगामी समयमा गर्ने कार्यक्रमका बारेमा संस्थाका अध्यक्ष धिमाल र उपाध्यक्ष योगीले जानकारी गराउनुभएको थियो ।
