काठमाडौं, २५ जेठ–आइतवार देशभर कोरोना भाइरसका २१३ जना बिरामी थपिएका छन्। स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा। विकास देवकोटाले नयाँ संक्रमितहरुको विवरण सार्वजनिक गरेका हुन्। यससँगै देशभर संक्रमितको संख्या ३ हजार ४ सय ४८ पुगेको छ। देवकोटाका अनुसार पछिल्लो पटक १०२ जना निको भएर घर फर्किएका छन्।

हालसम्म निको हुनेको संख्या ४६७ पुगेको छ। हालसम्म देशभरका ७१ जिल्लामा कोरोना फैलिएको छ। क्‍वारेन्टाइनमा पनि एक लाख भन्दा धेरै मानिसहरु रहेका छन्। हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या पनि तेह्र पुगिसकेको छ।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *