दमक, २१ बैशाख–दमकसहित आसपासका क्षेत्रहरुमा सामाजिक कार्य गर्दै आइरहेको जीवन चक्र समाज नेपालले आज दमकको दूई स्थानमा ‘संचेतना मुलक फल्याक्स बोर्ड’ राखेको छ । ‘नयाँ साल–नयाँ अभियान’का साथ जीवन चक्र समाजले शुक्रबार दमक नगरपालिकाको कार्यालय भवनसहित मालपोत कार्यालयमा संचेतना मुलक फल्याक्स बोर्ड राखेको हो ।
जीवन चक्र समाजका अध्यक्ष गणेशप्रसाद गौतमका अनुसार सार्वजनिक सेवा उपलब्ध हुने र आमसरोकारका विषयमा महत्व राख्ने कार्यालयमा आगान्तुधकलाई शिक्षा मुलक फल्याक्स बोर्ड राखिएको हो । अध्यक्ष गौतमले दमक नगरपालिकाको प्रशासनिक भवनमा संचेतना बोर्ड राख्नुअघि संक्षिप्त कार्यक्रममा नगर प्रमुख रामकुमार थापाले दमकको बिकास र समृद्धिका लागि नागरिकस्तरबाटै चेतना र एकता हुन आवश्यक रहेको बताउनुभयो । वहाँले दमकमा बढ्दो लागुऔषधको प्रयोग र यसबाट हुने सामाजिक क्षतिको विषयमा नगरपालिकाको कार्यालयले वार्डस्तरीय कार्यक्रमहरु सञ्चालन गरिसकेको र स्थानीय संघसंस्थाहरुसंग थप सहकार्यमा संचेतना मुलक कार्यक्रमहरु गर्ने योजनामा रहेको बताउनुभयो ।
नगर प्रमुख थापाले जीवन चक्र समाजले सञ्चालन गरेको अभियानलाई दमक नगरपालिकाको कार्यालय, जनप्रतिनिधिहरु र कर्मचारीहरुबाट साथ–सहयोग रहने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
‘मेरो जिम्मेवारी म पुरा गर्छु, परिवर्तन आफुबाट सुरु गरौं’ जस्ता विभिन्न प्रकारका विषयमा नागरिकलाई शिक्षा प्रदान गर्ने बोर्ड राखिएको छ । कार्यक्रममा जीवन चक्र समाजका अनुशासन उपसमितिका संयोजक बासुदेब काफ्लेले संचेतना मुलक बोर्ड राख्ने अभियानका बारेमा बोल्नुभएको थियो । त्यस्तैं, कार्यक्रममा डिल्लीप्रसाद अधिकारी, ओम कार्की, पुजा चौलागाई, कृस्ता कार्की, सन्ध्या पराजुली लगायतको उपस्थिति थियो ।
त्यसैगरी, आजै दमकस्थित मालपोत कार्यालयमा समेत जीवन चक्र समाजले संचेतना मुलक फल्याक्स बोर्ड राखिएको छ ।
यसअघि, दमकस्थित इलाका प्रशासन कार्यालयमा संचेतना मुलक बोर्ड राख्ने कार्यक्रम सम्पन्न भइसकेको जीवन चक्र समाजका अध्यक्ष गौतमले जानकारी दिए ।
