बिर्तामोड, २१ बैशाख–योङ कम्युनिष्ट लिग (वाइसीएल) को झापा जिल्ला अधिवेशन बैशाख २२ गते हुने भएको छ ।नेकपा (माओवादी केन्द्र) को भातृ संगठन वाइसिएलको छैठौं अधिवेशन हुने भएको हो। बितोमोडमा पत्रकार सम्मेलनको आयोजना गरी अधिवेशन बारे जानकारी दिइएको छ ।
माओवादी केन्द्रका जिल्ला संयोजक राजु आचार्य अग्निले लामो समयदेखि सुस्त अवस्थामा रहेको संगठनलाई चलायमान बनाउन जिल्ला अधिवेशन गर्न लागिएको बताउनु भयो ।
अधिवेशनले ७५ सदस्यीय नयाँ कार्यसमिति चयन गर्ने वाईसिएल जिल्ला संयोजक राजु दर्नालले जानकारी दिनुभयो ।
