स्याङजा, २६ जेठ–कोरोना भाइरस संक्रमणका कारण नेपालमा फेरि एक जनाको ज्यान गएको छ । योसँगै नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १४ पुगेको छ ।
पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठान पोखरामा आइतबार कोरोना संक्रमणका कारण आईसोलेसनमा भर्ना गरिएका स्याङ्जाका एक वृद्धको निधन भएको स्वास्थ्य निर्देशनालय गण्डकीले जानकारी गराएको छ ।
वालिङ नगरपालिका स्थायी ठेगाना भएका बर्ष ६० का वृद्धको निधन भएको निर्देशनालयका निर्देशक डा। विनोद विन्दु शर्माले जनाएका छन् ।
आइतबारसम्म नेपालमा कोरोना संक्रमितको संख्या ३ हजार ४४८ पुगेको छ । त्यसमध्ये ४६७ जना उपचारपछि निको भएर घर फर्केका छन् । पछिल्लो समय नेपालमा पनि कोरोना संक्रमित हुनेको संख्या दिनहुँ बढिरहेको छ ।