एजेन्सी, २६ जेठ–न्युजिल्याण्ड कोरोना भाइरसबाट सङ्क्रमणमुक्त भएको छ। सोमबार सङ्क्रमित अन्तिम बिरामी निको भएर घर फर्के पछि न्यूजिल्याण्ड सङ्क्रमणमुक्त भएको त्यहाँका अधिकारीले जनाएका छन्। न्युुजिल्याण्डको अस्पतालमा कोरोनाभाइरसका सङ्क्रमण सक्रिय रहेको एउटै बिरामी छैन्।

दुई साता अघि फेला परेका नयाँ सङ्क्रमित सोमबार उपचारपछि फर्केका छन्। जसिन्दा आर्डेन नेतृत्वको सरकारले सामाजिक दूरी पालना सम्बन्धी प्रतिबन्धलाई खुकुलो बनाउनेबारे छिट्टै निर्णय लिनेछ। न्युजिल्याण्डमा केही साताका लागि अत्यन्तै कडाइका साथ लकडाउन गरिएको छ।

लकडाउन र सामाजिक दूरी कडाइपूर्बक पालनाले महामारी नियन्त्रणमा आउन सकेको हो। न्युजिल्याण्डमा एक हजार ५०४ जनामा सङ्क्रमणको पुष्टि भएको थियो भने २२ जनाको सङ्क्रमणबाट मृत्यु भएको थियो।

By

Leave a Reply

Your email address will not be published. Required fields are marked *