झापा, ५ असार–बाढी र डुवानका कारण झापाका विभिन्न ठाउँमा गरी १८ घर परिवार प्रभावित भएका छन् । प्रभावितमध्ये आठ परिवारलाई सुरक्षित ठाउँमा सारिएको छ । गत सोमवार रातिदेखि परेको पानीले कचनकवल–५ खुट्टागञ्जका चार घर परिवार प्रभावित भएका प्रहरीले जनाएको छ ।

कुञ्जी राजवंशीको तीन जनाको परिवार पूर्णरुपमा विस्थापित भएका छन् । उनीहरु स्थानीय प्रभा राजवंशीको घरमा आश्रय लिएर बसेका छन् । स्थानीय देवी राजवंशी, कार्तिक राजवंशी र सञ्जय राजवंशीको परिवार डुबानका कारण जोखिममा परेका छन् ।

त्यसैगरी झापा गाउँपालिका–६ युवा टोलका चार परिवारलाई सुरक्षित ठाउँमा सारिएको छ । अर्जुनधारा–२ लाप्चेटारमा पुष्पा समाल मगरको घरमा क्षति पुगेको छ । उनीहरुलाई पनि सुरक्षित ठाउँमा सारिएको नेपाल रेडक्रस सोसाइटी झापाका सभापति लोकराज ढकालले जानकारी दिए।

अर्जुनधाराको वडा–२ को रातेमा मदन भण्डारी राजमार्ग उत्तरतर्फका १० घर डुबानमा परेका छन् । त्यस्तै वडा–३ मा सुखानी खोलाको कजवेमा क्षति पुगेपछि आवागमन बन्द भएको ढकालले जानकारी दिए।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *