काठमाडौं, ७ असार–उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले सहकारी ठगीमा अभियोग लागेको गोर्खा मिडियाका सञ्चालक जीबी राईको लोकेसन मलेसियामा पत्ता लागि सकेको बताएका छन्।

चितवनको भरतपुर विमानस्थलमा आज बिहान पत्रकारहरुसँग कुरागर्दै गृहमन्त्री लामिछानेले मलेसियाको गृहमन्त्रीसँग कुरा भएर राईको लोकेसन समेत पत्ता लागेको जानकारी दिए।

उनले जीबीलाई नेपाल ल्याउने प्रक्रिया भइरहेको भन्दै छिट्टै नेपाल ल्याइने दाबी गरे। उनले यस विषयमा गम्भीर भएर मलेसिया सरकारसँग कुराकानी भइरहेको भन्दै प्राविधिक कारणले नेपाल ल्याउनमा ढिलाइ भइरहेको बताए।

गृहमन्त्री लामिछानेले आईजीपी परिवर्तन गर्ने विषय हल्ला मात्रै भएको समेत बताए। उनले आफूले कुनै पनि प्रक्रिया मिचेर काम नगर्ने समेत उल्लेख गरे।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *