काठमाडौं, ७ असार–दक्षिण अमेरिकी महादेशको प्रतिष्ठित फुटबल प्रतियोगिता कोपा अमेरिका शुरु भएको छ । अमेरिकामा शुरु भएको ४८ औं संस्करणको उद्घाटन खेलमा साबिक विजेता अर्जेन्टिना र क्यानडा भिडिरहेका छन् ।
यो खेल लियोनल मेस्सीको कीर्तिमानी खेल हुनेछ । सन् २००७ को कोपा अमेरिकाबाट शुरु गरेका मेस्सीको यो ३५ औं खेल हो ।
अर्जेन्टिना र क्यानडासहित यस पटक कोपा अमेरिकामा १६ टोली सहभागी हुनेछन् । गत संस्करण १० टोलीमा सहभागी भएकोमा यस पटक फेरि सहभागी संख्या बढाइएको हो ।
यसअघि सन् २०१६ मा अमेरिकामै भएको संस्करणमा पनि १६ टोलीनै सहभागी थिए । अहिलेसम्म अर्जेन्टिना र उरुग्वेले समान १५–१५ पटक उपाधि जित्दा ब्राजिलले ९ पटक उपाधि जितिसकेको छ ।
३२ खेल हुने कोपा अमेरिकाको फाइनल जुलाई १४ मा मियामीको हार्डरक स्टेडियममा हुनेछ ।
