दमक, ७ असार–एकै गाउँका तीन जना किशोरीहरु एकैसाथ वेपत्ता भएपछि उनीहरुको घर–परिवार र सिंगो गाउँवासीहरु चिन्तित भएका छन् ।

झापा, कमल गाउँपालिका वडा नं ७ की जेनिसा श्रेष्ठ (१३), दीक्षा ताजपुरिया (१२) र सोनिया रिकीयासन (१७) बुधबारदेखि एकाएक वेपत्ता भएका हुन् ।

घरबाट निस्किएका उनीहरु अझैसम्म परिवारको सम्पर्कमा आउन नसक्दा उनीहरुको अवस्था अज्ञात छ ।

किशोरीहरु एकसाथ वेपत्ता भएको घट्नाबारे इलाका प्रहरी कार्यालय दमकमा उनीहरुका अभिभावकले लिखित हुलिया निवेदन गरेका छन् ।

किशोरीहरु वेपत्ता भएको घटनाबारे प्रहरी अनुसन्धानमा भएको प्रगति र उनीहरुको अवस्थाबारे गाउँपालिका अध्यक्ष हुकुमसिंह राईले शुक्रबार साँझ इलाका प्रहरी कार्यालय दमकका इञ्चार्ज डिएसपी निशान थापासँग उनको कार्यकक्षमा भेटगरि जानकारी लिएका छन् ।

अध्यक्ष राईले प्रहरी प्रमुख थापासँगै प्रमुख जिल्ला अधिकारी तथा सुरक्षा निकायका उच्च अधिकारीहरुसँग पनि किशोरीहरुको समुहनै वेपत्ता भएको घट्नामा सुक्ष्म अनुसन्धान गरि उनीहरुको अवस्था सार्वजनिक गर्न आग्रह गरेका छन् ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *