दमक, ७ असार–कक्षा ७ सम्म अंग्रेजी माध्यमबाट निशुल्क अध्यापनहुँदै आएको दमक–७ स्थित पृथ्वी आधारभूत बिद्यालयका करिब ४०० जना बिद्यार्थीहरुलाई विभिन्न किसिमका नगद छात्रवृत्ति तथा ३३ जनालाई बिद्यालय पोशाक वितरण गरिएको छ ।

बिद्यालयले शुक्रबार आयोजना गरेको औपचारिक कार्यक्रममा बिद्यार्थीलाई स्थानीय सरकार, अक्षयकोषका संस्थापक दाताहरुबाट र सरकारले प्रदान गर्ने गरेको सहयोग तथा छात्रवृत्ति वितरण गरिएको प्रधानाध्यापक बिष्णुबहादुर राईले जानकारी दिए ।

उनका अनुसार कक्षा ८ सम्मका छात्रा र दलित बिद्यार्थीहरु ३ सय ५० जनालाई सरकारले प्रदान गर्ने जनही ४०० रुपैयाँ दरको छात्रवृत्ति रकम प्रदान गरिएको हो भने ३३ जनालाई ७ नम्बर वडा कार्यालयले बिद्यालय पोशाक वितरण गरिएको हो ।

त्यस्तै, बिद्यालयमा स्थापित विभिन्न किसिमका अक्षयकोषको ब्याज रकमबाट प्रदान गरिँदै आएको जनही २ हजार देखि ५ हजार सम्मको कूल ८८ हजार रुपैयाँ नगद छात्रवृत्ति रकम वितरण गरिएको प्रधानाध्यापक राईले जानकारी दिए ।

ति छात्रवृत्ति तथा बिद्यालय पोशाक वितरण गर्न दमक नगरपालिकाका प्रमुख रामकुमार थापाको प्रमुख आतिथ्य र उपप्रमुख रेगिना भट्टराई ९प्रसाइँ० र दमक ७ का वडाध्यक्ष भिम पौडेलको विशेष आतिथ्यमा औपचारिक कार्यक्रमको आयोजना गरिएको थियो ।

सो अवसरमा प्रमुख अतिथी मेयर थापा, उपप्रमुख भट्टराई एवं वडाध्यक्ष पौडेलले दमकको शैक्षिक इतिहासदेखि वर्तमान सम्म पृथ्वी स्कूलको योगदानको चर्चा गर्दै सिंगो नगरको शिक्षालाई परिणाममुखी बनाउन स्थानीय सरकारका तर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाए । उनीहरुले सामुदायिक बिद्यालयको शैक्षिक गुणस्तर उकास्न शिक्षक, अभिभावक र बिद्यार्थीहरुको समेत त्रिपक्षीय भुमिका विशेष हुने चर्चा गरे ।

वडाध्यक्ष पौडेलले वास्तविक रुपमै विपन्न परिवारका बिद्यार्थीहरु यो अवसरबाट बञ्चित भएको भए उनीहरुका लागि आवश्यक पर्ने बिद्यालय पोशाक, शैक्षिक सामग्री आदि आफ्नो व्यक्तिगत तर्फबाट र वडा कार्यालयको तर्फबाटसमेत उपलब्ध गराउन तयार रहेको प्रतिबद्धता जनाएका छन् ।

शिक्षक अभिभावक संघका अध्यक्ष लालसुन्दर राईको सभापतित्वमा भएको कार्यक्रममा बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष मोहन कुमार थापाले स्वागत मन्तव्य राखेका थिए । सो अवसरमा बिद्यालयको नवनिर्मित भवन उदघाटन गरिनुका साथै सीसि टिभीको शुभारम्भ समेत गरिएको जनाइएको छ ।

gदमक ७ का वडा सदस्य अतित वान्तवा राईले शिक्षाको अवसरबाट कोही पनि वडाबासी बालबालिकाहरु बञ्चितहुनु नपर्ने गरि वडाले योजना तथा कार्यक्रमहरु ल्याएको जानकारी दिएका छन् ।
प्रधानाध्यापक राईका अनुसार यसअघि कक्षा ५ सम्म अंग्रेजी माध्यममा समेत निशुल्क कक्षा सञ्चालन गरिरहेको सो बिद्यालयले चालू शैक्षिक सत्र २०८१ देखि भने कक्षा ७ सम्मनै अनिवार्य अंग्रेजी माध्यमबाट निशुल्क पठनपाठन गराउँदै आएको छ ।

कक्षा ८, ९ र १० मा पनि वडा कार्यालयको सिफारिसमा विपन्न परिवारका ३३ जना बिद्यार्थीहरुले निशुल्क भर्नाको अवसर पाएका छन् । प्रधानाध्यापक राई भन्नुहुन्छ–’हामीले पोहोरदेखिनै कक्षा ५ सम्म कुनै शुल्क लिएका थिएनौं र यसपालीदेखि कक्षा ६ र ७ मा पनि निशुल्क भर्ना लिएका छौं । उनले वडाध्यक्ष भिम पौडेलसहित सिंगो वडा कार्यालयले निशुल्क शिक्षा कार्यान्वयनका लागि विशेष प्राथमिकतामा राखिदिएका कारण निशुल्क अध्यापन सम्भव भएको बताए ।

बिद्यार्थीको चाप थेग्न सक्ने गरिको भौतिक पूर्वाधारको बिकासमा पनि वडाले उत्तिकै ध्यान दिएको, शिक्षक, अभिभावक र सरोकारवालाहरुको पनि सक्रिय योगदानका कारण यो बिद्यालयमा निशुल्क अंग्रेजी माध्यम सहज बनेको बताइएको छ ।

बिद्यालयका हरेक कक्षा कोठाको निगरानी प्रधानाध्यापक र बिद्यालय व्यवस्थापन समिति अध्यक्षले गर्न सक्ने गरीको व्यवस्था मिलाइएको छ ।

कक्षा कोठा र बाहिर समेत कूल २९ वटा सीसी क्यामरा जडान गरि त्यस्तो व्यवस्था मिलाइएको हो । विसं २०१२ सालमा स्थापना भएको यो बिद्यालयले विगत ६÷७ बर्षयता मावि तहको तहगत अनुमति पाएको छ तर स्वीकृति भने पाउन सकेको छैन ।

माध्यमिक तह स्वीकृत नहुँदा मुख्य गरी यसका लागि चाहिने शिक्षकको दरबन्दी अभाव छ । दरबन्दी अभाव हुँदा हुँदै पनि स्थानीय सरकारको साथ, सहयोग र जनप्रतिनिधिहरुको सामुदायिक शिक्षाप्रतिको दृढ अठोटका कारण हाल कक्षा ७ सम्मनै अंग्रेजी माध्यमबाट निशुल्क पठनपाठन सम्भव भएको हो ।

यो बिद्यालयमा माध्यमिक तहका २ जना शिक्षक सिकाई अनुदान अन्तर्गत छन भने निमा तहका ४ जनाको दरबन्दी छ । प्राथमिक तहमा भने एक जना राहतका समेत कूल १७ जनाको दरबन्दी छ ।

मातृभाषा र कम्प्युटर शिक्षक एकरएक जना निजी स्रोतबाट व्यवस्था गरिएको छ । यो बिद्यालयमा झण्डै एक हजार बिद्यार्थी अध्ययनरत छन् । यही बिद्यालयको मातहतमा रहने गरी वडा नं १ मा हिमालय बाल बिकास केन्द्र सञ्चालनमा छ ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *