पर्सा, ८ असार–प्रहरीले हात्तीको ४२ किलो तौलको दुई थान दाह्राको अवैध व्यापारमा संलग्न तीन जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ ।
पक्राउ पर्नेमा पर्सा ठोरी गाउँपालिका–४ बिजयबस्ती गुम्बा लाइनका ४१ वर्षीय कुइसंङ लामा, वीरगञ्ज महानगरपालिका–१४ बस्ने ४० वर्षीय प्रेम शर्मा र वीरगञ्ज–३१ का अमिरी साह छन् ।
विगत केही महिना अघिदेखि ठोरी गाउँपालिका–४ गोरखपुर टोलमा केही अपरिचित व्यक्तिहरूले हात्तीको दाह्रा बिक्री गर्नको लागि ग्राहकको खोजी रहेको भन्ने सूचनाका आधारमा प्रहरीले छापा मार्दा स्थानीय चन्द्र परियारको खेतमा खाल्डो खनी गाडिएको अवस्थामा करीब २१र२१ किलो तौलको दुईटा हात्तीको दाह्रा जस्तो देखिने बस्तुहरू फेला परेको हो ।
उनीहरुलाई पक्राउ गरी जिल्ला डिभिजन वन कार्यालयसँग समन्वय गरी थप अनुसन्धान तथा कारवाही भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी दीपक भारतीले बताएका छन् ।
