फाक्तेप (शिबसताक्षी), ७ असार–झापाको शिवसताक्षी–७ फाक्तेपस्थित बाल सेवा आधारभुत बिध्यालयको स्कुल बस खरिद अभियानका लागि माननीय एल पी सावाँले आर्थिक सहयोग हस्तान्तरण गर्नु भएको छ ।
झापा निर्वचन क्षेत्र नम्बर ४ का संघीय सांसद समेत रहनु भएका सावाँले आज (शुक्रबार) बिध्यालयमा एक कार्यक्रमबीच रु ६५ हजार ५ सय २५ रुपैयको चेक हस्तान्तरण गर्नु भएको हो ।
सांसद सावाँले गत फागुन २४ गते बिद्यालयद्धारा आयोजना गरिएको स्वर्णमहोत्सब समारोहको अवसरमा उक्त रकम बिध्यालयलाई स्कुल वस खरिद अभियानका लागि दिने प्रतिबद्धता जाहेर गर्नु भएको थियो ।
स्कुल वस खरिद अभियानमा सांसद सावाँले दिनु भएको रकमनै अहिलेसम्मको सबै भन्दा ठूलो रकम रहेको उक्त बिध्यालयका प्रधानध्यापक बेनुप्रसाद कार्कीले जानकारी दिनु भएको छ । उहाको अनुसार हालसम्म करिब २२ लाख बराबर रकम संकलन भएको र अझै रकम संकलन जारीनै रहेको बताउनु भयो ।
अभियानमा दोस्रो ठूलो रकम ६२ हजार छ सय १५ रुपैय लिलाराज आङ्देम्बे लगायत परिवारले आफ्नो दिवाङ्गत आमा गङामाया आङ्देम्बेको स्मृतिमा प्रदान गरेका थिए । त्यसैगरि पुर्व बिद्यार्थी तथा हाल बेलायतमा कार्यरत सुनिल सम्बाहाम्फेले ५४ हजार ५ सय रुपैया आफ्नो स्वर्गबासी दाजु लोक सम्बाहम्फे र स्वर्गीय दिदी धनमाया लिम्बू (राई) को स्मृतिमा प्रदान गरेका थिए ।
त्यस्तै, पुर्व बिध्यर्थी तथा हाल हङ्कङ्गमा कार्यरत समाजसेवी चापेता सेर्माले ५१ हजार १ सय ५१ रुपैया सहयोग रकम प्रदान गर्नु भएको छ भने सोही बिध्यालयका पुर्व शिक्षक बलबहादुर राइले ५१ हजार रुपैया र बिध्यालयका शिक्षक स्टापहरुले एक महिनाको खाइपाई आएको तलब बस खरिद अभियानलाइ यस अघिनै हस्तान्तरण गरिएको बताइएको छ ।
त्यसैगरि दक्षिण कोरियामा कार्यरत पुर्व बिधयर्थीहरुले एकमुष्ठ २ लाख ४३ हजार बराबर , त्यसैगरी साउदी अरबबाट रोशन भट्टराईको पहलमा १ लाख बढी रकम प्राप्त भएकोसमेत बिध्यलयले जनाएको छ ।
त्यस्तै, स्थानीयबासी, अभिभावक, ब्यबसायी, शिक्षाप्रेमी, विभिन्न संघसस्था लगायतले यथासक्दो सहयोग गरि रहनुभएको र हालसम्म करिब २२ लाखको हाराहारीमा आर्थिक संकलन भएको बताइएको छ ।
स्कुल बस खरिद अभियान हाल भन्सार छुटको प्रक्रिया पूरागरि सुनवल भन्सारमा बसको बढी बनिने काम भैइ रहेको र श्रावणको पहिलो हप्तासम्म बिध्यलयमा बस आइपुग्ने बिध्यालय ब्यबस्थापन समितिका अध्यक्ष गोबिन ल्वागुनको भनाइ छ । अध्यक्ष ल्वागुनका अनुसार बसको मूल्य करिब २७ लाख लाग्ने र अझै ५ लाख रुपैया अपुग रहेको बताउनु भएको छ ।
