भद्रपुर, ९ असार–झापामा करिब ४७ हजार बालबालिकाले पोलियो रोगविरुद्धको आइपीभी खोप लगाएका छन् । पोलियो रोगविरुद्धको ‘राष्ट्रिय आईपीभी अभियान–२०८१’ अन्तरगत जिल्लाका १५ पालिकाका ४६ हजार आठ सय ८४ जना बालबालिकाले खोप लगाएको स्वास्थ्य कार्यालय झापाका जनस्वास्थ्य निरीक्षक प्रकाश पाठकले जानकारी दिनुभयो ।
२०७३ बैशाखदेखि २०७५ असोजसम्म जन्मिएर उक्त खोप लगाउन छुटेका बालबालिकालाई लक्षित गरेर गत जेठ १६ गतेदेखि २६ गतेसम्म अभियान सञ्चालन भएको थियो ।
जिल्लामा लक्ष्यभन्दा बढी बालबालिकालाई खोप लगाइएको छ । ४५ हजार छ सय ५० जना बालबालिकालाई खोप लगाउने लक्ष्य रहे पनि एक हजार दुई सय ३४ जना बढी बालबालिकालाई खोप लगाइएको उहाँले बताउनुभयो ।
आइपीभी खोप अभियान अन्तरगत जिल्लाका पालिकामध्ये सबैभन्दा धेरै बिर्तामोड नगरपालिकामा १४५ प्रतिशत अर्थात् आठ हजार एक सय १७ जना बालबालिकाले खोप लगाएका छन् । भद्रपुर नगरपालिकामा ६१ प्रतिशत अर्थात् दुई हजार तीन सय १४ जना बालबालिकाले खोप लगाएका छन् । भद्रपुरमा तीन हजार आठ सय ९२ जना बालबालिकालाई खोप लगाउने लक्ष्य लिइएको थियो ।
त्यस्तै, अर्जुनधारा नगरपालिकामा तीन हजार ८५ ९१०९ प्रतिशत०, कनकाई नगरपालिकामा दुई हजार पाँच सय ८६ ९११० प्रतिशत०, गौरादह नगरपालिकामा तीन हजार ३८ ९९८ प्रतिशत०, दमक नगरपालिकामा पाँच हजार छ ९३ ९११० प्रतिशत०, मेचीनगर नगरपालिकामा पाँच हजार दुई सय ४६ ९९४ प्रतिशत०, शिवसताक्षी नगरपालिकामा ती हजार चार सय ९९ ९१०४ प्रतिशत०, कचनकवलमा एक हजार सात सय दुई ९१०४ प्रतिशत०, कमल गाउँपालिकामा दुई हजार चार सय ४२ ९११७ प्रतिशत०, गौरीगञ्ज गाउँपालिकामा एक हजार सात सय २७ ९१०७ प्रतिशत०, झापा गाउँपालिकामा एक हजार नौ सय ९४ ९१०४ प्रतिशत०, बाह्रदशी गाउँपालिकामा एक हजार छ सय २४ ९८२ प्रतिशत०, बुद्धशान्ति गाउँपालिकामा दुई हजार तीन सय २० ९९९ प्रतिशत० र हल्दिबारी गाउँपालिकाले एक हजार चार सय ५४ ९८७ प्रतिशत० बालबालिकाले खोप लगाएको स्वास्थ्य कार्यालय झापाले जनाएको छ ।
जिल्लामा समग्रमा एक सय तीन प्रतिशत प्रगति हासिल भएको कार्यालयका खोप अधिकृत राजकुमार पोखरेलले बताउनुभयो ।
खोप अभियानका लागि झापामा पाँच सय ५२ खोप केन्द्र, तीन सय ७५ स्वास्थ्यकर्मी र ७ सय ५० जना स्वयम्सेवक परिचालित भएका थिए । सरकारले सन् २०२६ सम्ममा नेपालबाट पोलियो उन्मुलन गर्ने लक्ष्य लिएको छ ।
