झलनाथ खनाल

काठमाडौँ, ९ असार–नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले महाधिवेशन प्रतिनिधिलाई बधाई ज्ञापन गर्नुभएको छ।

बिहिबार एक विज्ञप्ति जारी गर्दै सम्मानित नेता खनालले बधाई ज्ञापन गर्नुभएको हो। जारी विज्ञप्तिमा भनिएको छ, ‘हाम्रो गौरवमय पार्टी नेपाल कम्युनिष्ट पार्टी ९एकीकृत समाजवादी० को १०औं राष्ट्रिय महाअधिवेसनका निम्ति ५ असार २०८१ का दिन देश र प्रवासमा समेत पार्टीव्यापी रुपमा महाअधिवेशन प्रतिनिधिहरु निर्वाचन गर्ने कार्य सम्पन्न भएको छ। केहि सामान्य कमजोरीका वावजुद सम्पूर्ण प्रतिनीधिहरुको निर्वाचन सफलतापूर्वक सम्पन्न भएको छ।

म सम्पूर्ण निर्वाचित प्रतिनीधि कमरेडहरुलाई हार्दिक बधाई ज्ञापन गर्दछु। साथै आसन्न महाअधिवेसनलाई ऐतिहासिक सफलतामा पुर्याउन हार्दिक शुभकामना पनि प्रकट गर्दछु।

अब यही असार १६ गते मुलुकको राजधानी काठमाण्डौंमा हाम्रो पार्टीको १०औं राष्ट्रिय महाअधिवेसन ऐतिहासिक रुपले उद्घाटन हुनेछ। यो महाअधिवेसन हाम्रो पार्टीको र नेपाली कम्युनिष्ट आन्दोलनकै इतिहासमा महत्वपूर्ण हुनेछ। त्यसले अन्य दस्तावेजहरुका अतिरिक्त नेपालको समाजवादी क्रान्ति र रुपान्तरणको ऐतिहासिक कार्यक्रम समेत पारित गर्नेछ। जुन कार्यक्रमले पार्टी र समाजवादी क्रान्तिलाई सिङ्गो कालखण्ड भरि मार्गर्दशन गर्नेछ। त्यसैका आधारमा हाम्रो पार्टीका कार्यदिशा, नीति र सिद्धान्तहरु अझ परिष्कृत र परिमार्जित हुँदै जानेछन्। त्यसले नेपाली कम्युनिष्ट आन्दोलनलाई सर्वदा नयाँ उचाईमा उठाउने छ।’

सम्मानित नेता खनालले पार्टीको दशौँ राष्ट्रिय महाधिवेशनका निम्ति निर्वाचित महाधिवेशन प्रतिनिधिको काँधमा ठूलो जिम्मेवारी आएको बताउनु भएको छ। विज्ञप्त्मिा अगाडि भनिएको छ, ‘त्यसैले यो महाधिवेशनका लागि निर्वाचित सबै कमरेडहरुका काँधमा अत्यन्त ठूलो जिम्मेवारी आएको छ। अब हामी सबैले पार्टीका कार्यदिशा, नीति र सिद्धान्तलाई क्रान्तिकारी जगमा उठाउन, वैज्ञानिक समाजवादको कार्यक्रमलाई पारित गराउन, पार्टीलाई वैचारिक र संगठनात्मक दुबै हिसाबले दक्षिणपंथी यथास्थितिवाद बाट मुक्त गराउन र सबै प्रकारका वैचारिक भ्रमहरुबाट मुक्त नयाँ क्रान्तिकारी, सक्षम र गतिशील नेतृत्व निर्माण गर्न अझै अहम भुमिका निर्वाह गर्नु पर्नेछ ।

यो महाअधिवेसनको उपरोक्त कार्यभारहरुलाई सफलतापूर्वक संपादन गदै वैचारिक– राजनीतिक, कार्यदिशा र नीतिका आधारमा पार्टी एकतालाई हर प्रकारले सुदृढ र समृद्ध बनाउन सृजनशिल, दृढ, योजनावद्ध, संकल्पवद्ध, र एकतावद्ध भएर महाअधिवेसनको महासभामा तर्फ अघि बढ्न सबै कमरेडलाई हार्दिक आग्रह गर्दछु।’

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *