काठमाडौं, १३ असार–नेकपा (एकीकृत समाजवादी) को सचिवालय बैठक आव (बिहिबार) बस्दैछ।

दिउँसो केन्द्रीय कार्यालयमा बस्ने बैठकमा महाधिवेशनमा प्रस्तुत गरिने राजनीतिक, समाजवादी कार्यक्रम, विधान र सा‌गठनिक दस्तावेजको टुङ्गो लगाउने स्थायी समिति सदस्य आलोक रायमाझीले जानकारी दिए।

बैठकले पार्टीको आसन्न दशौँ राष्ट्रिय महाधिवेशनको तयारी, विभिन्न दस्तावेज अनुमोदन तथा प्रतिनिधिको नामवली स्वीकृत, मातहतका कमिटीको कार्य प्रगतिको समीक्षा गर्ने पनि उनले बताए।

यही असार १६ देखि २० गतेसम्म काठमाडौँको कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा हुने महाधिवेशन हुँदैछ।

पार्टीले देशभरबाट एक हजार आठसय ४९ प्रतिनिधि छनोट गरेको छ। प्रतिनिधिको कूल सङ्ख्याको पाँच प्रतिशत अर्थात् ९५ जना मनोनयन गर्ने व्यवस्था छ । ती प्रतिनिधि केही दिनमै मनोनयन गर्ने रायमाझीले जनाए।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *