बिर्तामोड, १२ असार–रामकुमार अछामी स्मृति अक्षयकोष अर्जुनधाराले बर्ष उत्कृष्ट शिक्षक तथा उत्कृष्ट विद्यार्थीहरुलाई सम्मान गरेको छ ।

शैक्षिकसत्र २०८० को नगरस्तरीय कक्षा ८ को परिक्षामा रामकुमार अछामी कार्यरत बिद्यालय गणेश आधारभूत बिद्यालयकि उत्कृष्ट जिपिए ल्याइ जेहेन्दार विद्यार्थी इश्मा बुर्जा मगर र सुष्मा खनाल त्यसैगरि नगर भरिबाट कक्षा ८ मा उत्कृष्ट जि पि ए ल्याउने लक्ष्मी माबिकि सितक अधिकारी र कक्षा १२ मा उत्कृष्ट जिपिए ल्याउने लक्ष्मी माबिकि दिब्य काफ्लेलाई नगदसहित प्रशंसापत्र प्रदान गर्दै सम्मान गरिएको थियो ।

त्यसैगरी बर्ष उत्कृष्ट शिक्षकमा ५१ बालशिक्षक मध्येबाट गणेश आधारभूत बिद्यालयकि रिया राई, आधारभूत बिद्यालय तर्फबाट शनिश्चरे माबिका सरोज काफ्ले र माबितर्फ महारानीगन्ज माबिका पूर्वश्रोत ब्याक्ती एवम् शिक्षक सुर्यप्रसाद सापकोटा दोसल्ला ओडाइ प्रशंसा पत्रसहित सम्मान गरिएको छ । यसैक्रममा स्वर्गीय रामकुमार अछामीकि धर्मपत्नी शिक्षक कुमारी अछामीलाई स्वागत सम्मान गरिएको थियो ।

रामकुमार अछामी गणेश आधारभूत बिद्यालय प्रधानाध्यापक हुन् । उनी कामको शिलशिलामा काठमाडौं पुगेर फर्कदा दुर्घटनामा परि २०७५ चैत्र ९ गते स्वर्गबास भएको भएको थियो । उनी एउटा कुसल प्रधानाध्यापक मात्र नभएर नगर कै एउटा सामाजिक कार्यकर्ताको भुमिका निर्भाह गर्ने साथै नेपाल राष्ट्रिय शिक्षक सगठन अर्जुनधाराको अध्यक्ष रहि कार्य गरेका थिए ।

त्यसैगरी उनको कार्यको अनुशरण र स्मृतिका लागि यो अक्षयकोष स्थापना गरिएको भन्दै स्वर्गीय रामकुमार अछामीको जिवनी नेपाल राष्ट्रिय शिक्षक संगठनका जिल्ला उपाध्यक्ष पुन्य सुबेदीले प्रस्तुत गरेका थिए ।

अक्षयकोषले नगरका विद्यार्थी एवम् शिक्षकबर्गलाई प्रोत्साहन मात्र नभएर जिम्मेवारी समेत सचेत गराएको छ । यस बर्षदेखि अभिभावक शिक्षा,शिक्षकलाई पुनरताजगी तालीम र नगर प्रमुखसग डिजिटल शिक्षा कार्यक्रम योजना राखिएको र अध्यनका लागि विभिन्न देश जानू अघि वृजकोष, विभिन्न भाषा सिक्न अब नगरमै ब्यवस्थापन गर्ने समेत जानकारी गराउदै स्वर्गीय रामकुमार अछामीसग बिगतमा सगै सहकार्य गरेको सम्झना सुनाउदै प्रमुख अतिथि नगर प्रमुख बलदेव गोम्देनले उनीप्रति भावपुर्ण श्रद्धाञ्जली व्यक्त गरेका थिए ।

कार्यक्रममा अतिथिहरु नेपाल शिक्षक महासंघ अर्जुनधाराका अध्यक्ष चन्द्र खत्री, एकीकृत अखिल शिक्षक सगठन कोशी प्रदेशका महासचिव कपिलदेव तिम्सिना, शनिश्चरे मा बिबि ब्यस अध्यक्ष डिल्लीराम दाहाल, सम्मानित शिक्षक सुर्यप्रसाद सापकोटा, नेपाल राष्ट्रिय शिक्षक सगठनका पुर्ब सस्थापक केन्द्रिय सदस्य बद्री ओलि, नेपाल शिक्षक संघ अर्जुनधाराकी अध्यक्ष सुजाता शिवाकोटी, नेपाल राष्ट्रिय शिक्षक सगठन जिल्ला उपाध्यक्ष तारा बिकलगायतले सम्मानित शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

कोषमा चार लाख दस हजार तीन सय एक्काईस रहेकोमा आफ्नो कार्यकालमा पाँच लाख माथि पुर्याउने बताउदै कार्यक्रम सफल बनाउन उपस्थित नेपाल राष्ट्रिय शिक्षक सगठनका अध्यक्ष केदारनाथ पोख्रेलले धन्यवाद गरेका थिए । स्वागत शिक्षक देवमाया दाहालले गरेको कार्यक्रमको सञ्चालन सचिब दिपक भण्डारीले गरेका थिए ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *