काठमाडौँ, १४ असार–मतदाता नामावलीप्रति असन्तुष्टि देखाउँदै नेपाल प्रेस युनियनले नेपाल पत्रकार महासंघ केन्द्रीय कार्यालयमा तालाबन्दी गरेको छ ।

प्रेस युनियनका वरिष्ठ उपाध्यक्ष प्रेम केसीको नेतृत्वमा गएको टोलीले शुक्रबार रााति १० बजे तिलगंगास्थित महासंघको कार्यालयमा ताला लगाएको हो ।

केन्द्रीय निर्वाचन समितिले शुक्रबार साँझ मतदाता नामावली प्रकाशन गरेको थियो । युनियनको तालाबन्दीले महासंघको यही असार २२ गते तय गरिएको मतदान कार्यक्रमलगायत निर्वाचन तालिका प्रभावित हुने सम्भावना बढाएको छ ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *