जनकपुरधाम, १४ असार–मधेश प्रदेश आजदेखि पूर्ण खोप सुनिश्चितता भएको प्रदेश घोषणा भएको छ। पछिल्लो एक सातामा धनुषा, महोत्तरीसहित तीन जिल्ला पूर्ण खोप सुनिश्चितता भएको जिल्ला घोषणा भएपछि मधेश प्रदेश नै खोप सुनिश्चितता भएको प्रदेश घोषणा गरिएको हो।

मधेश प्रदेशका ८ जिल्ला तथा १ सय ३२ स्थानीय तह पूर्ण खोप सुनिश्चितता घोषणा भइसकेपछि विधिवत् रुपमा मधेश प्रदेश पूर्ण खोप सुनिश्चितता भएको प्रदेश घोषणा भएको प्रदेश खोप समन्वय समितिका सदस्य सचिव एवं मधेश प्रदेशका स्वास्थ्य निर्देशक डा राजीवकुमार झाले बताए।

शुक्रवार मधेश प्रदेशका स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री शत्रुधन प्रसाद सिंह, राज्यमन्त्री केशव राय तथा मन्त्रालयका सचिव डा। प्रमोदकुमार यादवले संयुक्तरुपमा जनकपुरधाममा आयोजना गरिएको विशेष कार्यक्रमका पूर्ण खोप सुनिश्चितता भएको प्रदेश घोषणा गरेका थिए।

अब मधेश प्रदेशका १६ देखि २३ महिनाको कुनै पनि बालबालिकाहरू खोप लिनबाट वञ्चित छैनन्।

कार्यक्रममा मधेश प्रदेशका स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री शत्रुधनप्रसाद सिंहले मधेश प्रदेश पूर्ण खोप सुनिश्चितता घोषणासँगै अब जन्मिने बालबालिका खोप लिनबाट वञ्चित नहोउन् भन्नेतर्फ ध्यान दिन आग्रह गरे।

पूर्ण खोपको सुनिश्चिततासँगै यसको निरन्तरता दिनका लागि थप मेहनत गर्न आवश्यक भएको मन्त्री सिंहले बताए।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *