मोरङ, १४ असोज–किरात राई यायोक्खा केन्द्रीय उपमहासचिव अर्जुन जम्नेली राईले मंसिर अघिनै कोशी नाम खारेजी गरेर पहिचानको आधारमा पुन नामकरण प्रकृया नथाले प्रदेशमा आन्दोलनको आधिबेरी चल्न सक्ने चेतवानी दिएका छन् ।
किरात राई पत्रकार संघ मोरङले आज (सोमबार) पथरीमा आयोजित १७औं स्थापना दिवसको अवसरमा पहिचानको पक्षमा लामो समयदेखि क्रियाशिल पत्रकार समेत रहनुभएका किराँत राई यायोक्खा केन्द्रीय उपमहासचिव राईले यस्तो चेतावनी दिएका हुन् ।
कोशी नाम विरुद्धको आन्दोलन शान्ति, संमृद्धि, समाजवाद, सुशासन, नयाँ राष्ट्रिय एकता र नेपाली राष्ट्रियता मजबुद बनाउन रहेको उपमहासचिव राईको भनाइ थियो ।
देशको परिस्थिति हरेक हिसावले आन्दोलनमय बन्दै गएको भन्दै नेपाली जनता र नेपालको हितको लागि चलिरहेको कोशी नाम खारेजी गर्न मुख्यमन्त्री हिक्मत कार्की, काग्रेस सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी ओली, माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड लगायतका नेताहरु लाग्नुपर्ने उपमहासचिव राईको भनाइ थियो ।
राईले मुकुमलुङमा केवलकार निर्माण प्रकृयाबाट राज्य र कम्पनी पछि नहटे देशमा त्यहीबाट दुर्घट्ना सुरुहुने देखिएको उपमहासचिव राईको भनाइ थियो ।

