झिलझिले (शिवसताक्षी), १४ असोज–शिवसताक्षी–७ फाक्तेपस्थित बालसेवा आधारभुत बिध्यालयको स्कुल बस खरिदका लागि बिद्यालयका सस्थापक अध्यक्षसहित परिवारजनद्वारा आर्थिक सहयोग हस्तान्तरण गर्नु भएको छ ।
बालसेवा आधारभुत बिद्यालयका संस्थापक अध्यक्ष तथा हाल बिद्यालयका सल्लाहकार संयोजकसमेत रहनु भएका जितेन्द्रराज चेम्जोङले रु १ लाख ११ हजार १ सय ११ रुपैया हस्तान्तरण गर्नु भएको छ ।
बिद्यालयमा आज एक कार्यक्रमबीच चेम्जोङसहित श्रीमती सरस्वती तुम्बाहाम्फे चेम्जोङ्ग, छोरा फणेण्द्रराज चेम्जोङको उपस्थितिमा सो सहयोग हस्तान्त्रण गर्नुभएको हो । सहयोग हस्तान्त्रण कार्यक्रममा बिद्यालय ब्यबस्थापन समितिका पदाधिकारीहरु, पिटिएका पदाधिकारीहरु र शिक्षक–शिक्षिकाहरुको सहभागिता थियो ।
बिध्यालयका सस्थापक अध्यक्ष जितेन्द्रराज चेम्जोङका छोराहरु फणेन्द्रराज ,टेकेन्द्रराज, भोजेन्द्र र लबुन चेम्जोङ्गसहित छोरीहरु ललिता, बर्षा र सुनुहाङ्मा चेम्जोङले प्रारम्भिक शिक्षा यसै बिद्यालयबाट सुरु गरेका थिए ।
बिध्यालयका प्रधानध्यापक बेनुप्रसाद कार्कीका अनुसार हालसम्म २३ लाख ५० हजार बढी रकम संकलन भएको र अझै थप सहयोग रकम संकलन जारी नै रहेको बताउनुभयो ।
बिद्यालयमा हाल स्कुल बस सञ्चालनमा आइसकेको व्यवस्थापन समितिका अध्यक्ष गोविन ल्वागुनले जानकारी दिए । बिदालयमा बस सेवा सुरु भएपछि बिद्यालयमा अध्ययनरत बिद्यार्थीहरुलाई आवत जावतमा सहज भएको अध्यक्ष ल्वागुनले बताए ।