काठमाडौँ, ८ कार्तिक–नेकपा (एकीकृत समाजवादी) का उपाध्यक्ष प्रकाश ज्वालाले राज्य तहबाटै मुलुकमा हाकाहाकी भ्रष्टचार भइरहेको टिप्पणी गर्नुभएको हो।
मंगलबार स्पेस फोर के टेलिभिजनको एक अन्तरवार्तामा बोल्दै उपाध्यक्ष ज्वालाले उक्त कुरा बताउनु भएको हो। उहाँले भन्नुभयो,‘पृथ्वीनारायण शाहले भन्नुभए जस्तै घुस लिने र दिने दुई दोषी हुन्। ठिक यस्तै अहिले एमाले पार्टीले गरेको देखियो।
पार्टी कार्यालय निर्माणका निम्ति स्वार्थ बाँझिने व्यक्तिसँग अर्बौैँको जग्गा लिने कामभयो। यी दुबै दोषी हुन्। यो हाकाहाकी भ्रष्टचार हो।’
करछली आरोपमा अदालतबाटै दोषी करार भएका व्यक्तिबाट अर्बौ मूल्य बराबरको जग्गा लिने काम भएको भन्दै उपाध्यक्ष ज्वालाले दान लिने र दिने दुबै दोषी भएको टिप्पणी गर्नुभयो।
उहाँले भन्नुभयो, ‘यो दान गलत र नियतपूर्ण तवरबाट यो कामभयो। अरु धेरै विकल्प हुँदाहुँदै विवादित व्यक्तिसँग पार्टी कार्यालय निर्माणका निम्ति जग्गा लिने कुराले एमालेलाई धुमिल बनाएको छ।’

