दमक, ८ कार्तिक–दमक खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले २८औं बार्षिक साधारण सभामा प्रस्तुत गरिने प्रतिवेदन सार्वजनिक गरेको छ ।

आज (बुधबार) संस्थाको सभाहलमा पत्रकार सम्मेलन गरेर २८औं बार्षिक साधारणसभामा प्रस्तुत हुने प्रतिवेदन सार्वजनिक गरेको हो ।

स्थानीय दुर्गा मन्दिरमा शुक्रबार दमक खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको २८औं बार्षिक साधारणसभा हुदैछ ।

संस्थाले गत साउन १ गतेदेखि उपभोक्तालाई ८ यूनिटसम्म पानीको महषुल ५० रुपैया कायम गरिएको, धारा जडान वापत विगतमा लिईआएको १५ हजार ३ सय शुल्कलाई घटाएर १२ हजार ३ सय कायम गरिएको, विपन्नवर्गका लागि निशुल्क सार्वजनिक धारा जडान गर्ने लगायका काम गरेको प्रतिवेदनमा उल्लेख छ ।

२०५१ सालमा स्थापना भएको खानेपानी संस्थामा हाल उपभोक्ताको संस्था १३ हजार ६६ पुगेको छ । संस्थाले दमकका ३ र १० बाहेकका ८ वटा वडाका बासिन्दालाई शुद्ध पिउने पानी उपलव्ध गराउदै आएको छ ।

जसमध्ये दमक ५ मा २८६० धारा छन् भने सवैभन्दा कमी दमक ४ मा ४७५ घरधुरीमा धारा छ ।

संस्थाले पानी महषुल लगायतबाट गएको आर्थिक वर्ष २०८०( ८१ मा ८ करोड २५ लाख १३ हजार ८ सय कुल आम्दानी गर्न सफल भएको उल्लेख छ ।

सोहिवर्ष ४ करोड ६८ लाख ५ हजार ४८ रुपैया खर्च भएको र त्यसमध्ये ३ करोड ५७ लाख ८ हजार ७ सय ८४ रुपैया कुल बचत गर्न सफल भएको संस्थाले सार्वजनिक गरेको प्रतिवेदनमा जनाईएको छ ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *