दमक, १३ कार्तिक–सरकारले भूमि समस्या समाधान गर्न आयोग गठन गरेको छ । मंगलबारको मन्त्रिपरिषद् बैठकले प्युठानका हरिप्रसाद रिजालको अध्यक्षतामा भूमि समस्या समाधान आयोग गठन गरेको हो । आयोगको उपाध्यक्षमा जाजरकोटका सनत कार्की रहेका छन् ।
आयोगको सदस्यमा झापाको गौरादह नगरपालिका अन्तर्गत पर्ने कोहबराका स्थायीबासिन्दा अनिलकृष्ण प्रसाइँ रहेका छन् । प्रसाइँ नेपाली कांग्रेसका पुराना नेता समेत हुन् । उनी कृषि विज्ञका रुपमा समेत परिचित छन् ।
राजनीतिक व्यवस्था परिवर्तनका आन्दोलनहरुमा अग्रभागमा रहेर नेतृत्व गर्दै आएका नेता प्रसाइँ नेपाल तरुण दलका पूर्व केन्द्रिय महासचिव समेत हुन् ।
कांग्रेसको १४ औं महाधिवेशनमा केन्द्रिय सदस्यका लागि प्रतिस्पर्धा गरेका नेता प्रसाइँ भुमि समस्या समाधान सम्बन्धिको केन्द्रिय आयोगको सदस्यमा नियुक्त भएसँगै झापाको भुमि समस्या समाधानमा ठोस पहलकदमी लिने अपेक्षा जिल्लाबासीहरुले लिएका छन् ।
सरकारले राजनीतिक नियुक्ती गर्दै गठन गर्ने गरेको यस किसिमको आयोगमा झापाले महत्वपूर्ण स्थान ओगटन सफल भए पनि यहाँको समस्या समाधानमा कस्तो भुमिका रहला रु भन्ने उत्सुकता रहेको छ ।
आयोगमा प्रसाइँसँगै महोत्तरीका गुञ्जबहादुर खड्का, विज्ञतर्फ सदस्य सिन्धुपाल्चोकाका डा।जगतबहादुर बस्नेत, कैलालीका टेक बहादुर शाह, दार्चुलाका गोवर्दन कोली र तनहुँकी आरती भण्डारी सदस्यमा नियुक्त भएका छन् ।

