एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल

काठमाडौँ, १३ कार्तिक–नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव नेपालले नेपालको मौसम र राजनीतिको भर नहुने टिप्पणी गर्नुभएको छ।

पोखरामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष नेपालले मुलुकको विकसित राजनीतिक घटनाक्रमको बारेमा पूर्वानुमान गर्न नसक्ने बताउनु भएको हो।

पूर्व प्रधानमन्त्री समेत रहनुभएका एकीकृत समाजवादीका अध्यक्ष नेपालले भन्नुभयो, ‘म अरू नेताजस्तो पहिल्यै बोल्दिनँ, बोल्दा बिग्रिन सक्छ। म बोल्ने कम तयारी गर्ने ज्यादा गर्छु, अरू केही भ्रममा नपर्नुस् दुई ठूला पार्टीले यो सरकार पुरा अवधि जान्छ भनेपछि बस्छ, हामीले टाउको फोडेर केही हुँदैन।’ उहाँले देशमा देखिएको समस्या समाधान गर्न सरकारले इमानदार भएर काम गरोस् भन्ने चाहेको बताउनुभयो।

उहाँले अगाडि भन्नुभयो,‘हामीलाई सत्ताको लेनदेनसँग कुनै चासो छैन। हामीलाई मतलब छ राष्ट्र र जनताको हितको कुराको, भ्रष्टाचारीको उन्मुलन हामीले चाहेका हौँ। रोजगारी र उत्पादन क्षेत्रको विकास गर्ने कुरामा हामीलाई जोड दिएका छौँ।’

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *