दमक, १३ कार्तिक–नेपाल अंग्रेजी भाषा शिक्षक संघ (नेल्टा) को कोशी प्रदेश सम्मेलन तथा विचार गोष्ठी झापाको दमकमा हुने भएको छ ।

बिद्यालय तहमा अंग्रेजी भाषाको अध्यापन गराउने शिक्षकहरुको छाता संगठनका रुपमा रहेको सो संघले यहि कार्तिक २४ र २५ गते दमकमा शैक्षिक क्षेत्रका राष्ट्रिय अन्तराष्ट्रिय बिषय विज्ञहरुबीच विश्व भाषाका रुपमा रहेको अंग्रेजी बिषयमा बहस र अन्तरक्रियासहितको सो सम्मेलन झापामा पहिलो पटक आयोजना गरिएको हो ।

नेल्टाले सोमबार दमकमा पत्रकार भेटघाट गरि सम्मेलनका बारेमा औपचारिक तयारी भइरहेको जनाएको हो ।
नेल्टा कोशी प्रदेश समितिका अध्यक्ष गुणराज नेपालका अनुसार सम्मेलनको उद्घाटन कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले गर्नेछन् ।

कोशी प्रदेशका अतिरिक्त विभिन्न क्षेत्रबाट ६ सय बढीले सहभागिता जनाउने सो कार्यक्रममा वक्ताका रुपमा दमकका नगर प्रमुख रामकुमार थापा, काठमाडौं विश्व बिद्यालय शिक्षा संकायका डिन प्रा।डा। बालचन्द्र लुइँटेल, नेल्टाका केन्द्रिय अध्यक्ष प्रा।डा लक्ष्मण ज्ञवाली, अमेरिकी दुतावासको क्षेत्रीय अंग्रेजी भाषा विभाग प्रमुख रोजर अफ कोहेन, युकेबाट फोनेक्स केनी, नेल्टाका पूर्व अध्यक्ष सहप्राध्यापक मोतिकला सुब्बा, काठमाडौं विश्व बिद्यालयका सहप्राध्यापक हेमन्तराज दाहाल लगायतले सम्बन्धित बिषयमा आआफ्नो धारणा राख्नेछन् ।

नेल्टा कोशी प्रदेशका वरिष्ठ उपाध्यक्ष धर्मेन्द्र भट्टराईले शिक्षण सिकाई सन्दर्भहरुको पारिस्थितिक तत्वहरुको खोज गर्दै शिक्षकहरुलाई प्रोत्साहित गर्न, समावेशी सिकाई वातावरण सिर्जना गर्न र बिद्यार्थीहरुको अंग्रेजी भाषा सिकाईलाई नयाँ विधिको प्रयोग गरी उपलब्धिमुलक र सशक्त बनाउन यस कार्यक्रमले महत्वपूर्ण योगदान दिने विश्वास लिइएको बताए ।

अन्तरक्रियात्मक कार्यशालाहरु प्राथमिक तहदेखि विश्व बिद्यालय सम्मका अंग्रेजी भाषा अभ्यासकर्ताहरुको प्रस्तुतिकरण प्रमुख आकर्षकका रुपमा रहनेछ । यसले अध्ययन अनुसन्धानका बिषय प्रस्तुतिकरण मार्फत अंग्रेजी भाषाको क्षेत्रमा कार्यरत पेशाकर्मीहरुलाई समालोचनात्मक तथा सिर्जनात्मक सोच विकास गर्न सहयोग पुग्ने पनि आयोजकले विश्वास लिएको छ ।

सम्मेलनमा सहभागिताका लागि हरेक पालिका मार्फत शिक्षा शाखाले सम्बन्धित पालिकामा रहेका सामुदायिक , निजी तथा संस्थागत बिद्यालयहरुबाट सहभागिहरु पठाइदिन आग्रह गरिएको आयोजकले जनाएको छ । यो कार्यक्रमले दमकमा एकसाथ ठुलो संख्यामा पाहुनाहरुको उपस्थिती गराउने भएकाले यहाँँको आन्तरिक पर्यटन तथा व्यवसायिक क्षेत्र प्रवद्र्धनमा समेत सहयोग पुरयाउन सक्ने विश्वास छ ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *