झापा, २५ कार्तिक–सिन्धुलीको हरिहरपुरगढी गाउँपालिकामा शिक्षक प्रेमबहादुर बम्जनले आफूमाथि डाँका समूहले लुटपाट गर्ने उद्देश्यले गोली हानेको बताएका छन् ।

पर्साको वीरगञ्जस्थित नारायणी वयोधा अस्पतालमा उपचार गराइरहेका उनले आफूलाई बाटो ढुकेर बसेको डाँका समूहले पैसा लुटपाट गर्ने उद्देश्यले गोली हानेको बताएका हुन् ।

मकवानपुरको बागमती गाउँपालिका–१, बोटगाउँ घर भएका बम्जनमाथि घर फर्कने क्रममा आइतबार दिउँसो ३–४ जनाको अज्ञात समूहले सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका-६ स्थित सिन्धुली–सर्लाही–कर्मैया सडक खण्डमा बम्जनमाथि गोली हानेको थियो ।

बम्जन बकैया गाउँपालिका–३ हात्तिसुढेमा रहेको बुद्ध माध्यमिक विद्यालयका प्रधानाध्यापक हुन् ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *