झिलझिले, २५ कात्तिक–झापाको शिबसताक्षी–८ झिलझिलेमा रहेको पारिजात बहुदेश्यीय सहकारी संस्थाले तेस्रो वार्षिक साधारणसभा सम्पन्न गरेको छ ।

संस्थाले २०८१ आषाढ मसान्तसम्म आइपुग्दा ४३ लाख, ५५ हजार ८०० शेयर पुँजी रहेको संस्थाका अध्यक्ष पुष्पराज अधिकारीले जानकारी दिए ।

आर्थिक बर्ष २०८०/२०८१ मा १ करोड, १९ लाख, ७१ हजार ११७ रुपैयाँ निक्षेप संकलन र १ करोड ११ लाख ६४ हजार १९८ रुपैया ऋण लगानी गरिएको संस्थाको प्रतिवेदनमा उल्लेख छ ।

संस्थाले आ.व. २०८०/०८१ मा १८ लाख १० हजार २६४ आम्दानी र १७ लाख ८४ हजार ८०९ रुपैयाँ खर्च भएको पारिजात बहुदेश्यीय सहकारी संस्थाले जनाएको छ । साधारण सभामा संस्थाले ४ जनालाई शेयर सदस्यहरुलाई सम्मान गरेको छ ।

जसको असल बचत कर्तातर्फ मिनाकुमारी राई, असल कारोबारकर्ता लक्ष्मी राई, राधिका निरौला, र असल बाल बचततर्फ सुजेन केदेम रहेका छन् । उनीहरुलाई कार्यक्रमका प्रमुख अतिथि शिवसताक्षी नगरपालिका वडा नं। ११ का वडाध्यक्ष बहादुर आङ्गबो र संस्था अध्यक्ष पुष्पराज अधिकारीले प्रदान गरेका थिए ।

कार्यक्रममा सञ्चालक समितिको तर्फबाट अध्यक्ष पुष्पराज अधिकारीले प्रतिवेदन प्रस्तुत गरेका थिए । लेखा समितिको प्रतिवेदन लेखा समिति संयोजक विरेन्द्र विक्रम सेर्माले प्रस्तुत गरेका थिए ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *