सुर्खेत, २६ कार्तिक–नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले केपी ओली गणतन्त्र विरोधी नेता भएको टिप्पणी गर्नुभएको छ।

एमालेमा हुँदा गणतन्त्रको बारेमा केन्द्रीय समिति बैठकमा निर्णय गर्दा ओली, विष्णु पौडेललगायतका ठुला नेताहरू गणतन्त्रको विरुद्धमा उभिएको उहाँको भनाइ छ ।

सोमबार वीरेन्द्रनगरमा सुरु भएको एकीकृत समाजवादी कर्णाली प्रदेशको प्रथम अधिवेशनमा बोल्दै उहाँले भन्नुभयो,‘त्यो बेला निकै विवाद भयो । विवाद गर्नेले गणतन्त्र नेपालमा सम्भव छैन भने, ती साना नेता हैनन् ठुला नेता हुन् केपी ओली, विष्णु पौडेल हुन्।’

उनीहरुले फरक मत राखेको र केपीले बयलगाढा चढे अमेरिका पुग्न सकिन्छरु भन्दै भाषण दिने गरेको नेपालको भनाइ छ। साथै आन्दोलन गरेर राजा फाल्न नसकिने भन्दै गणतन्त्रको विरोध गरेर ओली हिँडेको तर आफूहरूले त्यसको अगुवाइ गरेर देशमा गणतन्त्र आएको नेपालले बताउनुभयो।

‘गिरिजाले पनि मलाई माधव बाबु अब यो गणतन्त्रमा नजौँ भनेका थिए तर मैले हुँदैन अब आन्दोलन अघि बढिसक्यो सबै लागौँ भनेर अघि बढियो,’नेपालले अगाडि भन्नुभयो, ‘त्यसैको जगमा आज गणतन्त्र आयो।’

कुनै बेला केपी ओली आफ्नो डेरामा बस्न आएको बताउँदै नेपालले एमाले विभाजनपछि केही समयअघि आफूसँग आएर आफ्नो निकै प्रशंसा गरेको पनि सुनाउनु भयो। उहाँले भन्नुभयो, ‘स्वार्थका लागि आए, प्रचण्डजी पनि सुत्नुभयो । बीचबाटोमा गएर प्रचण्डजीलाई एक लात्ति हानेर नर्कमा पठाएर आफू स्वर्गमा गए ।’

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *