फाइल तस्विर

पाँचगाछी, २६ कार्तिक–शिवसताक्षी–४ पाँचगाछीस्थित पाथिभरा आधारभूत विद्यालयमा अध्ययनरत बिद्यार्थीहरुलाई सानो प्रयास युवा समाजले शैक्षिक सामाग्री वितरण गरेको छ ।

दमकमा स्थापना भएको सामाजिक संस्था सानो प्रयास युवा समाजले पाभिगरा आधारभूत विद्यालयका विद्यार्थीहरुलाई कापी–कलमसहित विभिन्न शैक्षिक सामाग्रीहरु प्रदान गरिएको हो ।

सो बिद्यालयका प्रधानध्यापक दिलिप ताजपुरियाले सानो प्रयास युवा समाजले विद्यार्थीलाई कापी ८ सय ५ वटा, पेन्सिल २ सय वटा, डट पेन २ सय १० वटा ईरेजर र साप्नहर २ सय ६० वटा गरी करिब ५० हजार बराबरको शैक्षिक सामाग्रीहरु वितरण गरेका थिए ।

सो संस्थाका अध्यक्ष छबि खतिवडाका अनुसार समाज सेवा गर्ने उदेश्यले कोरोना कालमा स्थापना गरिएको सानो प्रयास नामक संस्थाले रचनात्मक तथा सृजनात्मक कार्यहरु गर्दै आइरहेको छ ।

त्यस्तैं, सो संस्थाले विपन्न बस्तीहरुमा झुल वितरण गर्ने, शहरी क्षेत्रमा सरसफाई लगायतका विपन्न एवं भोकालाई भोजन गराउने कार्यक्रमसमेत गर्दै आएको छ ।

पाथीभरा आधारभूत विद्यालयका प्रधानाध्यापक दिलिप ताजपुरियाका अनुसार कार्यक्रममा प्रदेश सभा सदस्य राधाकृष्ण खनालको प्रमुख आतिथ्यता थियो ।

सो कार्यक्रममा शिवसताक्षी नगर प्रमुख मेगाहाङ थोप्रा, वडा नं ४ का वडाध्यक्ष विष्णु प्रसाइँ, बिद्यालय व्यवस्थापन समिति अध्यक्ष बीरेन्द्र तामाङ, सामाजिक तथा राजनीतिक व्याक्तित्व भक्ति सिटौला, कल्पना चौलागाई, बलदेब शाह लगायतको उपस्थिति रहेको थियो ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *