काठमाडौँ, २८ कार्तिक–नेकपा (एकीकृत समाजवादी) कर्णाली प्रदेशको प्रथम अधिवेशन सम्पन्न भएको छ।
ठगेन्द्रप्रकाश पुरीको नेतृत्वको १ सय ४१ सदस्सीय प्रदेश कमिटी सर्वसम्मत निर्वाचित भएको छ। कात्तिक २६, २७ गते सम्पन्न प्रदेश अधिवेशनले पुरीलाई अध्यक्ष चयन गरेको छ भने सचिवमा कालिकोटका धीरबहादुर बिष्टलाई निर्वाचित गरेको छ।
पार्टीका केन्द्रीय सदस्य वशन्तकुमार विश्वकर्माकाअनुसार सहमतिकै आधारमा नेतृत्व चयन गर्ने क्रममा अधिवेशन एकदिन लम्बिएको थियो।
त्यस्तै उपसचिव (महिला) मा धन कुमारी जिसी (शाही) र सदस्यहरू हाल सर्वसम्मत हुनु भएको छ। प्रदेश कमिटीको उपाध्यक्ष २ जना र उपसचिव २ जना मनोनित हुन बाँकी छ।
