काठमाण्डौं, ८ मंसिर–केरलको वायनाड लोकसभा उपनिर्वाचनको मतगणना जारी छ।

भारतमा महाराष्ट्र र झारखण्ड विधानसभा चुनावसँगै वायनाड लोकसभा उपचुनावको मतगणना पनि शनिबार बिहानदेखि सुरू भएको हो।

भारतको निर्वाचन आयोगका अनुसार त्यहाँ कंग्रेस आईकी प्रियंका गान्धीले फराकिलो अग्रता लिएकी छन्।

उनले बिहान १० बजेसम्म ६८ हजार ९१७ मत प्राप्त गरेकी छन्। कम्युनिस्ट पार्टी अफ इन्डियाका सथ्यन मोकेरीले २० हजार ६७८ मत ल्याएर दोस्रो स्थानमा छन्।

भारतीय जनता पार्टीकी नाभ्या हरिदासले ११ हजार २३५ मत ल्याएकी छन्।

प्रियंका कंग्रेस नेता राहुल गान्धीकी बहिनी हुन्।

गत असारमा सम्पन्न लोकसभा चुनावमा राहुल गान्धी उत्तर प्रदेशको रायबरेली र केरलको वायनाड दुवै क्षेत्रबाट विजयी भएका थिए।

दुईमध्ये एउटा क्षेत्र छाड्नुपर्ने भएपछि गान्धीले वायनाड छाडेर आफ्नी बहिनीलाई उम्मेदवार बनाएका थिए।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *