काठमाडौं, १९ मंसिर । भुटानका राजा जिग्मे खेसार नाम्ग्याल वाङचुक यही शुक्रबार नेपाल आउने भएका छन् । उनी २१ गते काठमाडौं आउने भएका हुन् ।

उनी बिहान काठमाडौं आइपुग्ने र केही घण्टा मात्रै बस्ने बताइएको छ । उनी बिहीबारदेखि भारतको भ्रमणमा आउने र भ्रमण सकेपछि केहीबेर मात्रै नेपालमा ओर्लने भएका हुन् ।

सोही दिन काठमाडौंबाट फर्किने छन् । विहीबारदेखि भारतको औपचारिक भ्रमणमा निस्किने उनी भारत भ्रमण सकेपछि काठमाडौंमा केहीबेर रोकिने स्रोतको भनाइ छ । उनको सुरक्षाका लागि नेपाली सेनाले अभ्यास समेत गरेको छ ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *