धरमपुर, २२ मंसिर । शिबसताक्षी १ धरमपुर चौकमा सञ्चालित श्री हाम्रो हात्तेमालो कृषि सहकारी संस्थाले आज १३औं बार्षिक साधारणसभा सम्पन्न गरेको छ ।
१३औ बार्षिक साधारणसभाको उद्घाटन समारोहमा वित्तिय कारोबारतर्फ र दुध उत्पादनतर्फ उत्कृष्ट हुने कषकहरुलाई सम्मान गरिएको थियो । त्यसैगरी, बन्दसत्रमा बार्षिक साधारणसभामा प्रस्तुत अध्यक्षको प्रतिवेदनलाई सर्वसम्मत पास गर्नुका साथैं लेखा सुपरिवेक्षण समितिको तर्फबाट प्रस्तुत प्रतिवेदनलाई आवश्यक सुझावसहित पारित गरिएको छ । बन्दसत्रमा संस्थाले कृषि र पर्यटन सम्बन्धी ंकार्यक्रम बनाएर अघि बढ्ने गरी संस्थाको आगामी आथिृक बर्षका लागि योजना, कार्यक्रम र अनुमानित बजेट तयार गर्ने छलफल भएको छ ।
धरमपुरस्थित लक्ष्मीनारायण माध्यमिक विद्यालयमा बार्षिक साधारणभसा सम्पन्न भएको थियो । बार्षिक साधारणसभा सञ्चालक समितिको तर्फबाट अध्यक्ष ताराप्रसाद गौतमले संस्थाको प्रगति प्रतिवेदन र लेखा सुपरिवेक्षण समितिका संयोजक रमेश बयलकोटीले लेखा प्रतिवेदन प्रस्तुत गरेका थिए ।
साधारणसभाको उद्घाटन समारोहमा प्रमुख अतिथीको आसनग्रहणपछि शिबसताक्षी १ का वडाध्यक्ष लक्ष्मीप्रसाद चेम्जोङले सहकारी संस्थाले समाज रुपान्तरणमा महत्वपूर्ण योगदान पुर्याइरहेको कथन गरे । उनले हात्तेमालो कृषि सहकारी संस्था नगरकै एउटा उत्कृष्ट कषि सहकारी संस्थाको हैसियतमा आइपुगेको बताए ।
वडाध्यक्ष चेम्जोङले हात्तेमालो कृषि सहकारी संस्थाले स्थानीय कृषि सम्बन्धी वृहत कार्यक्रमहरु ल्याउन आग्रह गर्दै कृषि उपज, उत्पादन, त्यसको बजारीकरण र आवश्यक तालिम, सीप, बिषादी र जैबिक मल सम्बन्धी कषकहरुलाई सहजिकरण गर्नपर्नेमा जोड दिए ।
सहकारी संस्थाका अध्यक्ष ताराप्रसाद गौतमको अध्यक्षातमा बार्षिक सधारणसभा सम्पन्न भएको थियो । सभाको उद्घाटनमा साथी बहुदेश्यीय सहकारी संस्थाका अध्यक्ष दिलबहादुर सेरेङ लिम्बु लगायतले शुभकामना मन्तब्य राखेका थिए ।
सञ्चालक समितिका सचिव तेजेन्द्र घिमिरेले सञ्चालन गरेका कार्यक्रममा उपाध्यक्ष लयप्रसाद गौतमले स्वागत मन्तब्य राखेका थिए ।
