फाइल तस्विरः नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल

काठमाडौँ, २३ मंसिर । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले नेपाली राजनीतिको पहिलो समस्या भ्रष्टाचार भएको बताएका छन्।

सोफा उत्पादक सङ्घको आज प्रथम साधारणसभाको उद्घाटन गर्दै अध्यक्ष नेपालले भ्रष्टाचारको अन्त्य गर्न आफैँबाट पहल थाल्नुपर्ने बताए।

उनले भ्रष्टाचार आफूले पनि नगर्ने र अरुलाई पनि गर्न नदिने एवं भ्रष्टाचार गर्नेलाई कारबाही गर्ने हो भने सबै डराउने बताए।

उनले बेथितिका विरुद्धमा जुध्न थाले मात्रै थिति बस्ने बताए। नेपाली राजनीतिको अर्को समस्या व्यक्तिवाद र अहंकार पनि रहेको उल्लेख गरे।

उनले संकीर्ण सोच राख्ने र सामरिक दृष्टिकोण नराख्ने कुराले पनि समस्या आइरहेको उल्लेख गरे।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *