काठमाडौँ, २४ मंसिर । नेकपा (एकीकृत समाजवादी) ले नेताहरूको कार्य विभाजन टुंगो लगाउन स्थायी कमिटी बैठक बोलाएको छ।

एकीकत समाजवादी पार्टीका अध्यक्ष तथा पूर्वप्रधानन्त्री नेपालले मङ्सिर २६ र २७ गते बस्ने गरी स्थायी कमिटी बैठक बोलाएको उपमहासचिव तथा केन्द्रीय कार्यालय सचिव रामकुमार भट्टराईले जानकारी दिनुभयो।

‘बैठकको मुख्य एजेन्डा नेताहरूको कार्य विभाजन रहेको छ। साथै अन्य पार्टीका आन्तरिक कामबारे समेत छलफल हुन्छ’, भट्टराईको भनाइ छ।

कार्यविभाजन अन्तर्गत विभिन्न विभागीय प्रमुख, जिल्ला इन्चार्ज, आयोग तथा जनसङ्गठन इन्चार्ज तोकिने पार्टी नेताहरूले बताउँदै आएका छन्।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *