काठमाडौं, २४ मंसिर । प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेमाथि सरकारले गरेको व्यवहार अमानवीय र प्रतिशोधपूर्ण रहेको टिप्पणी गरेका छन् ।

आज सोमबार सामाजिक सञ्जालमा लेख्दै प्रचण्डले लामिछानेमाथि सरकारले गरेको व्यवहार अमानवीय र प्रतिशोधपूर्ण रहेको र यसको निन्दा गरेका छन् ।

उनले लेखेका छन्, ‘अदालतबाट दोषी ठहर नभएका, अत्यधिक जनमतद्वारा निर्वाचित रास्वपाका सभापति रवि लामिछानेमाथि सरकारले गरिरहेको निरङ्कुश, अलोकतान्त्रिक, अमानवीय र प्रतिशोधपूर्ण व्यवहारको निन्दा गर्दछु । त्यस प्रकारको व्यवहार रोक्न गम्भीर आग्रह पनि गर्दछु ।’

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *