झिलझिले, २५ मंसिर । किसान कृषि सहकारी संस्थाले आज (मंगलबार) झिलझिलेमा सातौं बार्षिक साधारणसभा सम्पन्न गरेको छ ।

बार्षिक साधारणसभाको उद्घाटन समारोहमा संस्थामा कारोबार गर्नेहरुबाट उत्कृष्ट बचत, खुत्रुक्के बालबचत, उत्कृष्ट किसान र उत्कृष्ट कर्मचारीलाई खादा तथा अविर लगाएर सम्मानपत्र र नगदसहित सम्मान गरिएको थियो ।

सम्मानित हुनेहरुमा असल बचततर्फ राधिका तामाङ (शिबसताक्षी ११), असल ऋणीतर्फ सपना लावोती (शिबसताक्षी ८), खुत्रुक्के बाल बचततर्फ युनिस तामाङ (शिबसताक्षी ८) र युसन कार्की (शिबसताक्षी ८) छन् ।

त्यसैगरी, उत्कृष्ट कृषकहरुतर्फ शिबसताक्षी ११ का जगतबहादुर मगर छन् भने कर्मचारीहरुतर्फ यसवर्षका उत्कृष्ट कर्मचारीमा दर्पणा राई छन् ।

सम्मानित शेयर सदस्यहरु, उत्कृष्ट कृषक र कर्मचारीलाई बार्षिक साधारणसभाका प्रमुख अतिथी शिबसताक्षी ११ का वडाध्यक्ष बहादुर आङ्बोसहितका विभिन्न व्याक्तित्वहरुले सम्मान तथा पुरस्कृत गरिएको थियो ।

शिबसताक्षी ११ झिलझिलेमा सञ्चालित किसान कृषि सहकारी संस्थाका अध्यक्ष हरिशंकर सिलवालको अध्यक्षतामा बार्षिक साधारणसभा सम्पन्न भएको थियो ।

साधारणसभाको उद्घाटन समारोहमा संस्थाका अध्यक्ष हरिशंकर सिलवालले सञ्चालक समितिको तर्फबाट आर्थिक बर्ष २०८०।०८१ का लागि तयार गरिएको बार्षिक प्रतिवेदन बाचन गर्नुभएको थियो । सो प्रतिवेदनमा संस्थाले बचत तथा ऋणका कार्यक्रमसहित कृषितर्फ उन्नत जातका मल, बीउबिजन, बिषादी, कृषि उपकपरण, कृषि उपज, बजारीकरणका योजना पेश गरिएको छ ।

त्यसैगरी, अघिल्लो आर्थिक बर्षमा संस्थाबाट विभिन्न शिर्षकमा लगानी भएका ऋणहरु खराब सुचिमा राखिएको र त्यसलाई असुली गर्न संस्थाको तर्फबाट भएका प्रयासहरु, आवश्यक प्रकृयाहरु, स्थानीय वडा कार्यालय र नगरस्थित सहकारी शाखा मार्फत गरिएका र गर्न लागिएका कानूनी प्रकृयाका बारेमा समेत प्रतिवेदनमा उल्लेख गरिएको छ ।

संस्थाका उपाध्यक्ष रुद्रप्रसाद खतिवडाले शब्दद्धारा स्वागत मन्तब्य राख्नुभएको समारोहमा पशुपती एकाडेमीका संस्थापक प्रिन्सिपल चन्द्रप्रकाश खनाल, झिलझिले माध्यमिक विद्यालयका प्रधानध्यापक खेम निरौला, पारिजात बहुदेश्यीय सहकारी संस्थाका सचिव एबम् व्यवस्थापक सागर थुलुङ राईले शुभकामना मन्तब्य राख्नुभएको थियो ।

त्यस्तैं, सो बार्षिक साधारणसभामा झिलझिले बजार व्यवस्थापन समितिका अध्यक्ष बजंरग अग्रवाल, चौतारी बचत तथा ऋण सहकारी संस्थाका कुमार थिङ्लापु, सतासी साप्ताहिकका अध्यक्ष योगेन लावोती, पत्रकार सेलिङ केसी, व्यवसायी नवराज बोहोरा, किसान कृषि सहकारी संस्थाका सचिव मोहन बाहिङ राई, कोषाध्यक्ष दिपेश रिजालसहित सञ्चालक समितका सदस्यहरु दुर्गा उप्रेती, चन्द्रकला राई लगायत लेखा समिति, ऋण समिति, सल्लाहकार समिति, कर्मचारी र शेयर सदस्यहरुको उपस्थिती थियो ।

झिलझिलेस्थित किराँत राई यायोक्खाको भवनमा सम्पन्न भएको बार्षिक साधारणसभाको उद्घाटन समारोहको सञ्चालन संस्थाका लेखा समिति संयोजक दीपक कडरियाले गर्नुभएको थियो ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *