दमक, २९ मंसिर । झापाको अर्जुनधारामा आज सम्पन्न जिल्लास्तरीय तेक्वान्दो प्रतियोगितामा दमक तेक्वान्दो दोजाङले दुई स्वर्णसहित विभिन्न तौलतर्फ आधा दर्जन बढी पदक जित्न सफल भएको छ ।

लक्ष्मीपुर तेक्वान्दो दोजाङले अर्जुनधारा ६ लक्ष्मी माध्यमिक बिद्यालयको खेल मैदानमा सो प्रतियोगिता आयोजना गरेको हो । सो प्रतियोगितामा दमक तेक्वान्दो दोजाङका खेलाडीद्धय देन्सु योगी र रेशु धिमालले स्वर्ण पदक जित्न सफल भएकी छन् ।

योगी र धिमालले महिलातर्फ फाइटिङमा स्वर्ण पदक हात पारेकी हुन् । योगीले ४२ केजीतर्फ र धिमालले ३९ केजीतर्फ स्वर्ण पदक जित्न सफल भएकी दमक तेक्वान्दो दोजाङका अध्यक्ष जितु धिमालले जानकारी दिनुभयो ।

त्यस्तैं, दमक तेक्वान्दो दोजाङका सृष्टि लावोतीले ३९ केजी र इमिकी मगरले ३६ केजीतर्फको खेलमा कास्य पदक जितेकी छन् ।

यता, पुरुषतर्फको ३९ केजीमा भएको खेलमा दमक तेक्वान्दो दोजाङका बीरेन्द्र राईले कास्य पदक ल्याएका छन् ।

त्यस्तैं, महिलाहरुबीच पुम्सेतर्फ दमक तेक्वान्दोकी इक्सा मादेनले रजत पदक र रञ्जिता तामाङले कास्य पदक ल्याउन सफल भएकी छन् ।

प्रतियोगीताका पदक बिजेता र सहभागि खेलाडीहरुलाई दमक तेक्वान्दो दोजाङका अध्यक्ष धिमालले बधाई तथा आगामी खेलको निम्ति
शुभकामना दिएका थिए ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *