काठमाडौं, १ पुष–मलेसियामा जारी एसीसी यू(१९ महिला एसिया कप क्रिकेटमा नेपालले पाकिस्तानलाई हराएको छ । नेपालले पाकिस्तानलाई ६ विकेटले हराएको हो ।

१०५ रनको लक्ष्य नेपालले १ ओभरअगावै पूरा गरेको हो । नेपालको जितमा कप्तान पुजा महतोले सर्वाधिक ४७ रन बनाएर अविजित रहिन् । त्यसअघि सोनी पाख्रिनले १३ तथा ओपनर सना प्रवीनले १० रन बनाइन् ।

त्यसअघि पाकिस्तानले २० ओभरमा ५ विकेट गुमाएर १०४ रन बनाएको थियो । पाकिस्तानका कोमल खानले ३८ रन बनाइन् । पाकिस्तान पहिलो खेलमा भारतसँग पराजित भइसकेको थियो ।

नेपाल सुपर फोरमा समेत प्रवेश गरेको छ । नेपालले भोलि भारतसँग खेल्ने छ ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *