काठमाडौं, २ पुष–नेकपा (एकीकृत समाजवादी) ले आज ृमंगलबार) नेताहरूको जिम्मेवारी तोक्ने भएको छ। जारी स्थायी कमिटी बैठकमा मंगलबार नेताहरूको जिम्मेवारी तोक्ने तयारी भएको पार्टी प्रवक्ता जगन्नाथ खतिवडाले बताए।

खतिवडाका अनुसार पार्टीको सुदृढीकरण, आगामी निर्वाचनको तयारी, राजनीतिक तथा भूराजनीतिक चुनौतीलगायत विषयबारे आधिकारिक निर्णय सार्वजनिक गरिनेछ।

मङ्सिर २६ गतेदेखि पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बैठक जारी छ। सोमबारको बैठकमा पार्टीले तत्काल कुनै पनि कम्युनिष्ट पार्टीसँग एकता नगर्ने निर्णय गरेको छ।

By Anil

Leave a Reply

Your email address will not be published. Required fields are marked *